थ्री नेसन्स कप फुटबलको फाइनलमा लाओसविरुद्ध नेपालको दोस्रो गोल
काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलको दोस्रो हाफमा नेपालले लाओसविरुद्ध दोस्रो गोल गरेको छ । पहिलो हाफमा एक/एकको बराबरी खेलेको लाओसमाथि नेपालले खेलको ८७ औँ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
थ्री नेसन्स कप फुटबलको फाइनल : पहिलो हाफमा १–१ को बराबरी
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र लाओसको खेल जारी छ। खेलको पहिलो हाफमा नेपाल र लाओसबीच एक/एकको बराबरी भएको छ।
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा
पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज (शुक्रबार) २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।
थ्रीस्टार खप्तड गोल्डकपको उपाधि नजिक
घरेलु टोली सुदूरपश्चिम-११ लाई पराजित गर्दै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ।
याङवरक गाउँपालिका च्याम्पियन
याङवरक गाउँपालिका ‘चौथो कुम्मायक गोल्ड कप’ फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । पृथ्वी मा.वि.यासोकको खेलमैदानमा बिहीबार भएको फाइनल खेलमा याङवरकले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलले हरायो ।
क्यामरुनलाई भोजपुर गोल्डकप उपाधि
छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनर क्यामरुनले जितेको छ ।
नेपाल फाइनल खेल्न तयार
नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि जित्न तयार रहेको नेपाली टोलीका प्रशिक्षक र कप्तानले बताउनुभएको छ ।
विदेशी क्लब एभेनियरमाथि गोल वर्षा गर्दै मनाङ फाइनलमा
तिलोत्तमा गोल्डकपको उपाधि जितेको मनाङ मस्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नजिक पुगेको छ।
क्यामरुन भोजपुर गोल्डकपको फाइनलमा
एभिनर क्यामरुन भोजपुर जिल्लाको स्थानीय सदरमुकाममा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको सानदार जित
कप्तान लियोनेल मेस्सीले ह्याट्रिक पूरा गरेसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओमाथि सानदार जित निकालेको छ ।
लुका सकर विराट गोल्डकपको फाइनलमा
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
स्पेन स्कटल्यान्डसँग स्तब्ध
स्पेन युरोकप छनोट खेलमा स्कटल्यान्डसँग स्तब्ध बनेको छ । मङ्गलवार राति भएको खेलमा स्पेन स्कटल्यान्डसँग २-० गोलले पराजित भयो ।
थ्री नेसन्स कप : भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा
नेपालले भुटानविरुद्ध निर्धारित समयको अन्तिम मिनेटमा गोल फर्काएको हो । नेपालका लागि दीपकराज सिंहले हेड गोल गर्नुभएको हो ।
आयुषको ह्याट्रिकमा घरेलु टोली सेमिफाइनलमा
अविनाश चौधरीधनगढी, चैत १४ गते। आयुष श्रेष्ठको ह्याट्रिक सहयोगमा आयोजक सुदूरपश्चिम-११ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा आज भएको क्वार्टर फाइनल खेलमा नेपाल पुलिस क्बललाई ४-० गोल अन्तरको लज्जास्पद हार चखाउँदै घरेलु टोली सेमिफाइनलमा प्रवेश गरेको हो। सुदूरपश्चिमको रवाफिलो जितमा श्रेष्ठले ह्याट्रिक पूरा गर्नुभयो। उहाँले पहिलो हाफको ३० औं र दोस्रो हाफको ५१ औं, ६३ औं मिनेटमा गोल गर्नुभयो। उहाँ प्लेयर अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो। सुदूरपश्चिमले अग्रता भने स्वामी हार्दिकको गोलबाट लिएको थियो। उहाँले खेल सुरु भएको पाँच मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाउनु भएको थियो। खेलमा नेपाल पुलिसले थुप्रै अवसर पाए पनि गोल गर्न नसक्दा लज्जास्पद हार व्यहोर्यो। सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अब थ्रीस्टारको सामना गर्नेछ। चैत १८ गतेसम्म हुने प्रतियोगिताको विजेताले २१ लाख रुपियाँ र उपविजेताले १० लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
थ्री नेसन्स कप : पहिलो हाफमा नेपालमाथि भुटानको एक गोल
दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु भएको खेलको पहिलो हाफमा भुटानले एक शून्यले अग्रता लिएको छ ।
खेलको १८ औं मिनेटमा नेपालमाथि भुटानको गोल
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।
नेपाल र बङ्गलादेशको बराबरी
नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो तथा अन्तिम खेलमा आयोजक बङ्गलादेशसँग बराबरीमा रोकिएको छ ।
नेपाल र भुटान भिड्दै
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा आज (मंगलबार साँझ) नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
फ्रान्सको लगातार दोस्रो जित
फ्रान्सले युरोकप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्यान्डलाई १-० गोलले हरायो ।
मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने
पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक गेम्सका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो चरणको एसिया छनोट खेल भियतनामसँग खेल्ने भएको छ ।
रोनाल्डो चम्किँदा पोर्चगलको सानदार जित
सुपर स्टार क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरोकप छनोट खेलमा लक्जेमवर्गमाथि सानदार जित निकालेको छ ।
रुससँग नेपाल पराजित
नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ ।
मोरक्कोले ब्राजिललाई पहिलो पटक हरायो
अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोले ब्राजिललाई पहिलो पटक पराजित गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले पाँच पटकको फिफा विश्वकप च्याम्पियन ब्राजिललाई २–१ गोलले हरायो ।