• ८ मंसिर २०८१, शनिबार

मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा

blog

बलका लागि प्रतिस्पर्धा गर्दै मनाङ र बागमतीका खेलाडी ।

अविनाश चौधरी

धनगढी, चैत १३ गते । मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

धनगढी रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा बागमती क्लबलाई पराजित गरी मनाङ मस्र्याङ्दीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मनाङले बागमतीको चुनौतीलाई २–१ गोल अन्तरले पन्छाउँदै अन्तिम चारमा स्थान बनायो । 

मनाङको जितमा ३७ औं मिनेटमा विदेशी खेलाडी तिमाथे कोडे र ६६ औं मिनेटमा साइजमोलले गोल गर्नुभयो । खेलको ४१ औं मिनेटमा बागमतीका लागि सृजन गौतमले गोल गर्नु भएको थियो । 

फाइनल प्रवेशका लागि मनाङले अब विदेशी टोली एभिनियर क्लब क्यारुनसंग प्रतिस्पर्धा गर्छ। १८ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेता टोलीले २१ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।