सोसिडाडसँग बराबरीमा रोकियो रियल
स्पेनि ला लिगा फुटबलको उपाधि दावेदार टोली रियल म्याड्रिडले रियल सोसिडाडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा आइतबार राति गोलका लागि अवसर बनाएपनि रियलले गोल गर्न सकेन ।
अन्तर सरकारी सञ्चारमाध्यम फुटसलमा नेपाल टेलिभिजन च्याम्पियन
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।
राजर्षि जनक कप विजेतालाई १० लाख
‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ ।
महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
बार्सिलोनाको कठिन जित
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गिरोनामाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसैको मैदानमा १–० गोलले हरायो ।
सिटीसँग आर्सनल पराजित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १–० गोलले हराउँदै पाँचौं चरणमा स्थान बनायो ।
बार्सिलोना सेमिफाइनलमा
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले हरायो ।
युनाइटेडको सानदार जित
म्यानचेस्टर युनाइटेडले कारबाओ कप (इएफएल) फुटबलमा नटिङहम फरेस्टमाथि सानदार जित निकालेको छ । बुधबार राति भएको सेमिफाइनल खेलको पहिलो लेगमा युनाइटेडले नटिङहम फरेस्टलाई उसकै मैदानमा ३–० गोलले हरायो ।
कोल्नसँग बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख एफसी कोल्नसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बायर्नले कोल्नसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
नकआउट फुटबलमा ‘केपी ओली कप’ समावेश
अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभर आयोजना गर्ने रष्ट्रिय स्तरको नकआउट फुटबल प्रतियोगितामा ‘केपी ओली कप’ फुटबललाई पनि समावेश गरेको छ ।
टोट्टनहामलाई सफलता
इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टनहामले सफलता हात पारेको छ । सोमबार राति भएको खेलमा टोट्टनहामले फुलहामलाई उसैको मैदानमा १-० गोलले हरायो ।
एमबाप्पेको पाँच गोलमा पीएसजीको सानदार जित
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
आर्सनलको रोमाञ्चक जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनलले बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।
बार्सिलोना र रियल विजयी
स्पेनिस ला लिगा फुटबलमा शीर्षटोली बार्सिलोना र रियल म्याड्रिडले जित निकालेका छन् ।
लिभरपुल र चेल्सीको बराबरी
लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
बराबरीमा रोकियो बायर्न
जर्मन बुन्डेसलिगा फुटबलको उपाधि दौडमा रहेको बायर्न म्युनिख आरबी लेइपजिगसँग बराबरीमा रोकिएको छ । शुक्रबार राति लेइपजिगको मैदानमा भएको खेलमा बायर्नले लेइपजिगसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
शहीद स्मारक ए डिभिजिनः खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल
यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ।
अन्नपूर्णले जित्यो महिला भलिबलको उपाधि
म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो ।
क्रिस्टलसँग बराबरीमा रोकियो युनाइटेड
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । क्रिस्टलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेड र त्रिलस्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि
बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
धनकुटामा सुस्तायो फुटबल गतिबिधि
२०५५ सालबाट धनकुटामा सञ्चालन हुदै आएको सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता पूर्वी पहाडको पहिलो राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो ।
पीएसजी रेनससँग पराजित
फ्रेन्च लिग वान फुटबलको शीर्षटोली पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनससँग उसैको मैद्यानमा १–० गोलले पराजित भयो ।
आर्सनलको सहज जित
शीर्ष टोली आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा टोट्टहामहाममाथि सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा आर्सनलले टोट्टहामलाई उसैको मैदानमा २–० गोलले हरायो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले गोल गर्नुभयो ।
एल क्लासिकोमा बार्सिलोना सफल
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरबको रियादमा आइतबार राति भएको फाइनल खेलमा बार्सिलोनाले साबिक विजेता रियल म्याड्रिडलाई ३–१ गोलले हरायो ।