• ६ जेठ २०८१, आइतबार

नेपाल र लाओसको भिडन्त

थ्री नेसन्स कप फुटबलको फाइनल : पहिलो हाफमा १–१ को बराबरी

blog

लाओसविरुद्ध गोल गर्दै नेपालका आयुस घलान । तस्बिर: रुटिन अफ नेपाल बन्द

काठमाडौं, चैत १७ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र लाओसको खेल जारी छ। खेलको पहिलो हाफमा नेपाल र लाओसबीच एक/एकको बराबरी भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो हाफको खेल सुरु भएको छ। फाइनल खेलमा लाओसका फोउचाङ भोङले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो। नेपालका लागि आयुष घलानले बराबरी गोल गर्नुभएको हो। 

नेपाल घरेलु मैदानमा लाओसलाई हराएर उपाधि उचाल्ने दाउमा छ। उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको नेपाललाई हराएर लाओस उपाधि उचाल्न चाहन्छ। 

लाओसले भुटानलाई २–१ गोलले हराएर फाइनल यात्रा सहज बनाएको थियो। भुटान भने अन्तिम खेलमा नेपालसँग उत्कृष्ट प्रदर्शन गर्दै १–१ गोलको बराबरी खेल्दै बाहिरिएको थियो। नेपालले लिग चरणको विजेता र लाओसले उपविजेता बन्दै फाइनलमा स्थान बनाएको हो। 

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुनेले ३ हजार डलर पुरस्कार पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर प्रदान गरिने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।