शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २९ गते । स्पेनिस ला लिग फुटबलको शीर्ष टोली बार्सिलोनाले स्पान्योलविरुद्ध सानदार जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पान्योललाई ४–१ गोलले हरायो । बार्सिलोनाको जितमा फेरान टोरेसले नवौँ र २५औँ मिनेटमा दुई गोल गर्नुभयो ।
यस्तै लामिन यमलले ८७औँ र मार्कुस रासफोर्डले ८९औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो । स्पान्योलका लागि पोल लोजानोले ५६औँ मिनेटमा गर्नुभएको गोल सान्त्वना बन्यो ।
जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाले ३१ खेलबाट ७९ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ७० अङ्क छ । पराजित स्पान्योल ३८ अङ्कसहित १०औँ स्थानमा छ । एजेन्सी