शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २९ गते । चिनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वमपमा नेपालमा दुई खेलाडी छनोट भएका छन् ।
छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङ हुनुहुन्छ । विश्वकपमा छनोटका लागि गत सेप्टेम्बरमा ब्राजिलमा १७औँ विश्व च्याम्पियनसिप छनोट भएको थियो । जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७०अङ्क जोड्दै छनोट यात्रा तय गर्नुभएको थियो ।
विजयले यसअघि पनि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु विश्वमपमा ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । उहाँलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार प्रदान गरेको थियो ।
यस्तै ओलम्पिक छात्रवृत्ति पाउन सफल सुस्मिता तामाङ १३औँ साग गेम्समा स्वर्ण पदक विजेता हुनुहुन्छ ।