काठमाडौं, चैत १४ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ। दशरथ रङ्गशालामा खेल साँझ ६ बजे सुरु भएको हो। खेलको पहिलो हाफको १८ औं मिनेटमा भुटानले नेपालमाथि गोल गरेको हो।
नेपाल भुटानलाई हराउँदै फाइनलमा स्थान बलाउने लक्ष्यमा छ। नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो।
नेपाललाई फाइनलमा पुग्न भुटानसँग बराबरी पर्याप्त छ। भुटानलाई भने हराउनै पर्ने बाध्यता छ। यो दुई टोलीबीचको १३ औं खेल हो। जसमा नेपालले सबै खेल जितेको अवस्था छ।
अहिले नेपाल र लाओसले तीन तीन अङ्क बनाएका छन्। भुटान अहिलेसम्म अङ्कविहीन छ। सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोलीबीच चैत १७ गते फाइनल खेल हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन्।