• २५ पुस २०८१, बिहिबार

नेपाल र भुटान भिड्दै

blog

नेपाली टोली । फाइल तस्बिर

काठमाडौं, चैत १४ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा आज (मंगलबार साँझ) नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा ६:०० बजे सुरु हुने खेलमा नेपाल भुटानलाई हराउँदै फाइनलमा स्थान बलाउने लक्ष्यमा छ ।

भुटान पनि नेपाललाई हराएर फाइनलमा पुग्ने अभियानमा छ । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो । यता भुटानने पहिलो खेलमा लाओससँग २–१ को हार खेपेको थियो ।

नेपाललाई फाइनलमा पुग्न भुटानसँग बराबरी पर्याप्त छ । भुटानलाई भने हराउनै पर्ने बाध्यता छ । भुटान नेपालका लागि तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो ।

दुई टोलीबीच अहिलेसम्म १२ पटक भिडन्त भएको छ । जसमा नेपालले सबै खेल जितेको अवस्था छ । भुटान र नेपालबीचको खेल लिग चरणको अन्तिम खेल पनि हो ।

अहिले नेपाल र लाओसले तीन तीन अङ्क बनाएका छन् । भुटान अङ्कविहीन छ । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा लिगको शीर्ष दुई टोलीबीच चैत १७ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ५ हजार  र दोस्रो हुनेले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।