• २५ पुस २०८१, बिहिबार

रुससँग नेपाल पराजित

blog

बल खोस्ने प्रयास गर्दै रुस र नेपालका खेलाडी । तस्बिर सौजन्य : आयुश खड्का

काठमाडौं, चैत १३ गते । नेपाल बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ । 

ढाकामा आइतबार राति भएको खेलमा नेपाल रुससँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । रुसका लागि एलिना गोकिलले ६३औँ र ७४औँ मिनेटमा दुई गोल गर्नुभयो । 

पोलिनाले ८३औँ मिनेटमा गोल गर्दै रुसलाई सजिलै जिताउनुभयो । पाहुना टोलीको रूपमा सहभागी रुसको यो लगातार तेस्रो जित हो । जितसँगै रुसले नौ अङ्क बनाएको छ । तीन खेलमा दोस्रो हार खेपेको नेपालको तीन अङ्क छ ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । राउन्ड रोविन लिगको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालले आफ्नो चौथो खेल मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ ।