सैनिक खेल मैदानमा खुला प्यारापिट बनाइने
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ सैनिक खेल मैदानमा खुला प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
आर्सनल शीर्ष स्थानमा
आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।
झापा गोल्डकप : चर्च ब्वाइज र एपिएफबिच उपाधि भिडन्त
छैटौँ झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।
बुढासुब्बा गोल्डकपः धरान फुटबल क्लब विजयी
धरान फुटबल क्लबले २४औँ बुढासुब्बा गोल्डकपमा राम्रो सुरुआत गरेको छ । शनिबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गर्यो । जितसँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट सुरु
दाङमा लुम्बिनी प्रदेशस्तरीय महिला फुटबल खेलाडी छनोट कार्यक्रम भएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला फुटबल सङ्घको समन्वयमा महिला खेलाडी छनोट कार्यक्रम सुरु भएको हो ।
प्रगतिमा महिला फुटबल
पुरुष फुटबलको चर्चाबिच नेपाली महिला फुटबल सधैँ छायामा रहने गर्दछ । फुटबललाई पुरुषको खेलका रूपमा लिने भएकाले पनि होला, महिला फुटबलको त्यति चर्चा हुँदैन तर केही वर्षयता नेपाली फुटबल समर्थकलाई राष्ट्रिय महिला
फुङ्लिङमा उपमेयर कप महिला फुटबल आजदेखि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रवार आजदेखि दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
आयोजक झापा–११ सेमिफाइनलमा
आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार
साफ यु–१६ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०–० गोलले पराजित भएको छ । जित्नै पर्ने खेलमा भारतसँग हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित
स्पेनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानो बिच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।
पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा
बङ्गलादेश साफ यु–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स ललितपुरमा मङ्गलबार भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ गोलले हरायो ।
आयोजक यूथलाई उपाधि
आयोजक यूथ फुटबल क्लबले छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
साफ यु–१६ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित
नेपालले साफ यु–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगितामा सोमबार नेपालले भुटानलाई ३–० गोलले हरायो ।
मच्छिन्द्रले जित्यो केपी ओली कप उपाधि
केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र क्लबले जितेको छ ।
भुटानिज यूथ र आयोजक यूथबिच फाइनल भिडन्त
सहआयोजक भुटानिज यूथ क्लब (विवाइसी) बेलडाँगी मोरङको पथरीशनिश्चरे–१० स्थित प्रस्तावित नगर रङ्गशालामा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइज र रोयल वेस्टर्नसबिच सम्झौता
दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विश्वकप–२०२६ को एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध दुई खेलका लागि प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
वाफ महिला फुटबल : नेपाल जोर्डनसँग टाइब्रेकरमा स्तब्ध
नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५-३ गोलले पराजित भएको छ ।
नेपालको लक्ष्य उपाधि
घरेलु टिम नेपालले साफ महिला यु–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा हुने प्रतियोगिता शुक्रबार सुरु हुँदै छ । नेपालको महिला यु–१६ को कप्तान भूमिका बुढाथोकीले तयारी राम्रो भएकाले आफ्नो टिमको लक्ष्य नेपाललाई स्वर्ण जिताउने रहेको बताउनुभयो । उहाँले एन्फाको मैदानमा प्रशिक्षण भएको र प्रतिस्पर्धा पनि सोही मैदानमा हुने भएकाले आफूहरूलाई फाइदा हुने छ, भन्नुभयो । ‘वाफ महिला च्याम्पियनसिपमा राष्ट्रिय महिला टोलीका दिदीहरूले गरिरहेको शानदार प्रदर्शनले पनि प्रोत्साहन मिलेको छ । “हामी उपाधि जित्न नै खेल्ने छौँ,” कप्तान भूमिकाले भन्नुभयो ।
वाइएफसी फाइनलमा
आयोजक यूथ फुटबल क्लब (वाइएफसी) छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
वाफ महिला फुटबल : नेपाललाई इतिहास रच्ने मौका
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल मैदानमा हुने फाइनल खेलमा आमन्त्रित टोली नेपाल र पाँच पटकको च्याम्पियन जोर्डन भिड्दैछन् ।