• १६ भदौ २०८१, आइतबार

साफ यु–१६ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै बङ्गलादेश र भारतका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन २२ गते । बङ्गलादेश साफ यु–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स ललितपुरमा मङ्गलबार भएको खेलमा बङ्गलादेशले भारतलाई ३–१ गोलले हरायो ।

बङ्गलादेशको जितमा अल्पी अक्तेर, सौरभी अकन्दा प्रीति र अर्पिता विश्वासले गोल गर्नुभयो । भारतकी अनुष्का कुमारीले सान्त्वना गोल फर्काउनुभयो । फाइनलमा बङ्गलादेशले नेपाल र भारतबिचको विजेतासँग खेल्नेछ । नेपाल र भारतबिचको खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान रहेका छन् । भुटान प्रतियोगिताबाट बाहिरी सकेको छ । लिग चरणपछि शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ ।