• ८ असार २०८२, आइतबार

खोलाले बगाउँदा एक जना बेपत्ता

blog

बाजुरा, असार ८ गते । गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा गौमूल–३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिनुभयो । पूर्ववडा सदस्यसमेत रहेका बोहरालाई पानी घट्टका लागि जाँतो तार्ने क्रममा गेरेनी खोलाको बाढीले बगाएको हो । 

प्रहरी र स्थानीयले बेपत्ता बोहराको खोजी गरिरहेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो ।