• २३ वैशाख २०८१, आइतबार

आर्सनल शीर्ष स्थानमा

blog

गोल गरेपछि आर्सनलका काइ हाभेर्टज । तस्बिर : स्काई स्पोर्ट्स

काठमाडौँ, फागुन २७ गते । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ गोलले हरायो ।

आर्सनलको जितमा डेक्लेन रिसले १९औँ र काइ हाभेर्टजले ८६औँ मिनेटमा गोल गर्नुभयो । ब्रेन्टफोर्डका लागि योअने विसाले पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काउनुभयो । जितसँगै शीर्ष स्थान कब्जा गरेको आर्सनलले २८ खेलबाट ६४ अङ्क बनाएको छ ।

दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ अङ्क छ । लिभरपुलले एक खेल कम खेलेको छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६२ अङ्क छ । पराजित ब्रेन्टफोर्ड २६ अङ्कसहित १५औँ स्थानमा छ ।

शनिबार राति नै भएको अन्य खेलमा उल्भ्सले फुलहामलाई २–१ र म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलले हरायो । क्रिस्टल प्यालेस र लुटनले १–१ तथा बर्नमाउथ र सेफिल्ड युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी