• १६ भदौ २०८१, आइतबार

पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

blog

बल हान्ने प्रयास गर्दै पीएसजीका केलियन एमबाप्पे । तस्बिर : एपी/रासस

काठमाडौँ, फागुन २३ गते । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति भएको खेलमा पीएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–१ गोलले हरायो । पीएसजी समग्रमा ४–१ गोलले विजयी भयो । अघिल्लो लेगमा पीएसजी २–० गोलले विजयी भएको थियो । 

पीएसजीको जितमा दुवै गोल केलियन एम्बापेले गर्नुभयो । उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । मङ्गलबार राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले लाजियोलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन ह्यारी केनले दुई तथा थोमस मुलरले एक गोल गर्नुभयो । बायर्न समग्रमा ३–१ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ । एजेन्सी