• २४ वैशाख २०८१, सोमबार

रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

blog

च्याम्पियन्स लिगको दोस्रो लेगमा प्रतिस्पर्धा गर्दै रियल म्याड्रिड र लेइपजिगका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौँ, फागुन २४ गते । स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजिगलाई १–१ गोलको बराबरीमा रोक्दै रियल क्वार्टरफाइनलमा पुगेको हो । समग्रमा २–१ गोलको जित निकालेको रियल पहिलो लेगमा १–० गोलले विजयी भएको थियो । 

रियलका लागि भिनियस जुनियरले ६५औँ मिनेटमा गोल गर्नुभयो । उहाँले वेलिंघमको पासमा गोल गर्दै घरेलु समर्थकको उत्साह जगाउनुभयो । त्यसपछि ६८औँ मिनेटमा लेइपजिगका विलि ओर्बानले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

बुधबार राति नै भएको अर्को खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपेनहागेनलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । सिटी समग्रमा ६–२ गोलले विजयी भयो । एजेन्सी