‘चलचित्र समीक्षाको आवश्यकता बढेको छ’
थाहा नगरपालिकाको वज्रवाराहीमा जारी ‘थाहा फिल्म फेस्टिभल’ को दोस्रो संस्करणको दोस्रो दिन चलचित्र समीक्षा विषयमा तीन जना समीक्षकबिच अन्तरसंवाद सम्पन्न भएको छ
नारीवादी कथा ‘हर स्टोरी’
२०२४ मा यिहुई साओद्वारा निर्देशित चिनियाँ चलचित्र ‘हर स्टोरी’ हास्य ड्रामा हो, जसले समकालीन समाजमा महिलाका अनुभवहरूको गहिरो चित्रण गर्दै महिला सम्बन्ध, लचिलोपन र सशक्तीकरणको
थाहा फिल्म फेस्टिभल सुरु
चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ ।
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।
चलचित्र साक्षरता कार्यशाला
बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सिप सिकाउने कार्यशालाको आयोजना गरेको छ ।
मातृत्वको कथा ‘महासत्त्व’ (फोटो फिचर)
तत्कालीन पाञ्चाल राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार महासत्त्वको कथामा आधारित नाटक 'महासत्त्व' कौशी थिएटर टेकुमा मञ्चन भइरहेको छ।
थाहा फिल्म फेस्टिभलमा २१ वटा चलचित्र प्रदर्शन हुने
मकवानपुरको थाहा नगरको वज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीनदिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरामा 'अर्केष्ट्रा' हुने
मौलिक लोक भाकाहरुको प्रस्तुति गण्डकीका धुनहरु (अर्केष्ट्रा) कार्यक्रम पोखरामा हुने भएको छ ।
‘चीन चलचित्र दिवस’ सम्पन्न
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चीन चलचित्र दिवस’ बिहीबार सम्पन्न भएको छ ।
काठमाडौँमा ‘चीन चलचित्र दिवस’ सम्पन्न
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौँमा एक दिवसीय ‘चीन चलचित्र दिवस’को आयोजना गरिएको छ।
हरिवंशको ‘भूठान’ वैशाख १२ मा आउने
नेपालका सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शन हुने भएको छ ।
थारू बस्तीमा माघीको रमझम
पश्चिम नेपालका थारू बाहुल्य जिल्लाहरू बाँके र बर्दियालगायतका अधिकांश थारू गाउँबस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ । दुवै जिल्लाका अधिकांश थारू
निर्देशक याङको टोली काठमाडौँमा
काठमाडौँमा आयोजना हुन लागेको एकदिवसीय ‘चाइना फिल्म डे’ का चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङको नेतृत्वमा १४ सदस्यीय टोली बुधबार काठमाडौँ आ
हिउँदे भैलोको रौनक
जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको हिउँदे भैलो खेलिएको छ । परम्परागत रूपमा खेलिँदै आएको खस संस्कृतिको भैलोको यसबेला रौनक छ । पुस १५ बाट जुम्लामा सुरु
‘कुस्ती’ मा नयाँ पहिरनको प्रयोग
कलाकार बुद्धि तामाङको निर्माण रहने चलचित्र ‘कुस्ती’ को वेशभूषामा आइआइएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनर जोडिएको छ । आइआइएफटीकाबाट सन्नी सुब्बा र ऊर्जा मानन्धर
कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
‘दी ब्रुटालिस्ट’ उत्कृष्ट चलचित्र
विश्व चलचित्र क्षेत्रमा ओस्कारपछिको सबैभन्दा ठुलो र प्रतिष्ठित गोल्डेन ग्लोब्स अवार्डमा अमेरिकन चलचित्र ‘दी ब्रुटालिस्ट’ ले वर्चस्व कायम गरेको छ । युद्धपछिको आप्रवासी अनुभव दर्शाउने यस चलचि
'इजोरिया' सार्वजनिक
चेतना अभावमा शिक्षाबाट वञ्चित समुदायलाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले मैथिली भाषामा निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
काठमाडौँमा ‘चाइना फिल्म डे’
काठमाडौँ, पुस २१ गते । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । ठमेलस्थित छायाँसेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुँदै छ । कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको दुई देशबिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य लिएको आयोजकले जनाएको छ । साथै यस्ता खालका कार्यव्रmमले दुई देशबिच सांस्कृतिक आदानप्रदानमा सहयोग पुर्याउने छ ।चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित कार्यव्रmममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । प्रदर्शनपश्चात् चलचित्रका निर्माता, निर्देशक तथा कलाकारसँगको अन्तव्रिर्mयामा दर्शकले पनि सहभागिता जनाउन पाउने छन् । उद्घाटनको दिन यिहुई साआ निर्देशित चलचित्र ‘हर स्टोरी’ देखाइने छ भने युडी झाङ निर्देशित मिडसमर्स भ्वाइस र फेईलङ निदेशित ‘जिफर ग्याप’ पनि त्यही दिन देखाइने छ । कार्यव्रmममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने छ । साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीले समेत कार्यव्रmममा सहभागिता रहने छ । पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुने छ ।चलचित्रका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्ने छन् । कार्यव्रmमले दुई देशका चलचित्रकर्मीबिचको सहकार्यलाई अगाडि बढाउन थप मद्दत गर्ने अपेक्षा गरिएको छ । ‘चाइना फिल्म डे’ को महìवबारे नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल चलचित्र प्रदर्शन गर्ने कार्यव्रmम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले चिनियाँ चलचित्रहरूको सिर्जनशीलता र गहिराइ प्रस्तुत गरेर, हामी नेपाली चलचित्रकर्मीलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्ने छ ।” पाठकले यस्ता सांस्कृतिक आदानप्रदानहरूको व्यापक प्रभावबारे थप प्रस्ट्याउँदै भन्नुभयो, “यस प्रकारका कार्यव्रmमहरूले राष्ट्रबिच आपसी सम्मान, सम्बन्ध र समझदारीलाई प्रवर्धन गर्न महìवपूर्ण भूमिका खेल्छन् ।” यसले सहनिर्माण, संयुक्त परियोजना र विश्वव्यापी दर्शकलाई समेट्ने साझा कथा सिर्जना गर्न मार्ग प्रशस्त गर्छ । म विश्वस्त छु, यो नेपाल–चीन चलचित्र सम्बन्धको नयाँ अध्यायको सुरुवात मात्र हो ।‘चाइना फिल्म डे’ ले २०२५ र त्यसपछिका दिनमा नेपाल–चीन सांस्कृतिक कूटनीति र चलचित्र सहकार्यलाई बलियो बनाउन महìवपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यो ऐतिहासिक अवसरले नेपाल र चीनबिचको चलचित्र र सांस्कृतिक सम्बन्धमा नयाँ पाटो थप्दै दुवै राष्ट्रबिच थप गहिरो सहकार्य र सहभागिताको आधार तयार गर्ने छ ।
काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’
नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौँमा पहिलो पटक ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ।
‘सपनीमा’ सार्वजनिक
चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ ।
सीता र प्रतापको स्वरमा ‘सत्य राम राम’
शास्त्रीय नृत्याङ्गना सीता सुवेदी तथा गायक प्रताप दासको ‘सत्य राम राम’ गीत सार्वजनिक गरिएको छ ।
चलचित्र ‘११:५५’चैतमा प्रदर्शन हुने
चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) चैत ८ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
डिम्रितीको ‘मलाई आजभोलि’
नेपाली हिपहपकी चर्चित र्यापर डिम्रितीको ‘मलाई आजभोलि’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।