फरक भूमिकामा नायिका कार्की
बाबुसाहेब बलामी निर्देशित चलचित्र ‘माइली’ मा अभिनेतृ प्रियङ्का कार्की आबद्ध हुनुभएको छ । रुना इन्टरटेनमेन्टले प्रियङ्काको तस्बिर सार्वजनिक गरेको हो । तस्बिरमा प्रियङ्कालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ । चलचित्र सत्य घटनामा आधारित रहने बताइएको छ, जसमा महिलाको सङ्घर्षलाई मुख्य विषय बनाइएको छ । दलित महिलाको श्रीमान् नभएपछि समाजले कस्तो दृष्टि लगाउँछ ? उसलाई बालबच्चा हुर्काउन कति कठिन हुन्छ ? यही समाजले जातीयताको आडमा महिलालाई कसरी प्रताडित गर्छ भन्ने कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक बलामीले बताउनुभयो ।
प्रेमविवाहको कथा ‘घरज्वाइँ’
चलचित्र ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक युवाले बिहेका लागि गर्ने सङ्घर्षवरिपरिको कथालाई ट्रेलरमा समावेश गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेम, विवाहका लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको खटपटले पतिपत्नीमा आएको समस्या नै चलचित्रको कथा रहेको निर्देशक अनिल बुढामगरले बताउनुभयो । जनक घर्तीमगर निर्माता रहनुभएको चलचित्र अनिल बुढामगरले निर्देशन गर्नुभएको छ । जिएम मुभिज र एबिएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनील मगरलगायतको अभिनय छ ।
हलमा नेपालीसँगै भारतीय दर्शकको आकर्षण
नेपाल–भारत सिमानासँग जोडिएको नेपालगन्ज सहरमा सञ्चालनमा रहेका अत्याधुनिक सिनेमा हल (चलचित्र भवन) ले ठुलो सङ्ख्यामा भारतीय दर्शकलाई आकर्षित गरिरहेका छन् । नेपाली र भारतीय दुवै दर्शकलाई लक्षित गरेर नेपालगन्जमा ठुलो लगानीमा निर्माण गरिएका चलचित्र भवन सीमापारिका विभिन्न जिल्लाका भारतीय दर्शकका लागि मनोरञ्जनको प्रमुख स्थान बन्दै गएको छ । नेपालगन्जमा सञ्चालनमा रहेका वागेश्वरी क्युएफएक्स र सिने रोयलले नेपालीसँगै ठुलो सङ्ख्यामा भारतीय नागरिकलाई तान्न सफल भएको वागेश्वरी क्युएफएक्स सिनेमा हलका सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो ।
मिस ग्रान्ड नेपालको घोषणा
सौन्दर्य प्रतियोगिता ‘मिस ग्रान्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरिएको छ । आयोजक संस्था उमङ्ग क्रिएसनले आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम खुला गरेको जनाएको छ । क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्रान्ड नेपाल–२०२४’ का बारेमा जानकारी दिँदै विजेतालाई ‘मिस ग्रान्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै विदेश पठाइने बताउनुभयो । विजेताले नेपा
सङ्गीत र नाट्यकला भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत र नाट्यकला समाजको अभिन्न अङ्ग भएको र यो हाम्रो पहिचान, इतिहास र भावी पुस्ताको लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ।
टेरेसाको ‘मेरो मनको कथा’
गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन २’ बाट चर्चा कमाउनुभएका बालगायिका टेरेसा विश्वकर्माको स्वरमा ‘मेरो मनको कथा’ बोलको म्युजिक भिडियो आइतबार सार्वजनिक गरिएको छ ।
‘सब-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई
यस वर्षको ‘सब-टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल-२०२४ मा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
प्रचारमै सीमित ‘बाटो : रोड टु डेथ’
कोरोनाको समयमा बाध्यताले एउटा यात्रा गर्नै पर्ने हुन्छ । त्यही यात्रामा भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अनेकन गतिविधिमाथि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्माण गरिएको छ । प्रदर्शनअघि चलचित्रका बारेमा जे जति प्रचार गरिएको थियो, दर्शकले त्यो पाउने अवस्था छैन । ‘रोड थ्रिलर’ को संज्ञा दिइएको चलचित्रले बलिउड र हलिउडमा बन्ने गरेका ‘जोम्बिया’ को झल्को दिन्छ । चलचित्रभित्र कथाभन्दा थ्रिलरलाई धेरै नै प्राथमिकता दिइएको छ । एउटा यात्रा जो सुहाना (किरण शाही ठकुरी) बाट सुरु हुन्छ र मञ्जिल (उत्पल झा), टोनी (सुलक्षण भारती), कोमल (रक्षा थापा), हरि (अशान्त शर्मा) र माला (पशुपति राई) यात्राको क्रममा आउने अनेकन बाधा अडचनबाट सकिन्छ ।
‘नेपाल आइडल–५’ को उपाधि करणलाई
प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जित्नुभएको छ । शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उहाँ विजेता बन्नुभएको हो ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको नाम छनोट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
‘सतीदेवी’ को गीतमा पीडा र वेदनाको भाव
चलचित्र ‘सतीदेवी’ को ‘लैजा दैव फिर्ता लैजा’ बोलको गीत शनिबार सार्वजनिक गरिएको छ । लक्ष्मण सुवेदी निर्देशित चलचित्रको गीतमा पीडा र वेदनाका भाव प्रस्तुत गरिएको छ । सुवेदीकै शब्द रहेको गीतमा सङ्गीत सुभास भुसालको रहेको छ । गीतका शब्द निर्देशक सुवेदी स्वयम्ले लेख्नुभएको हो ।
‘लोकसङ्गीतको प्रवर्धनमा पुगेन राज्यको ध्यान’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिक
घरज्वाइँको बिन्जुरी
चलचित्र ‘घरज्वाइँ’ को नयाँ गीत बिन्जुरी सार्वजनिक गरिएको छ । गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको सङ्गीत र स्वर रहेको छ । प्रेमिल शैलीको गीतमा अभिनेता दयाहाङ राई र अभिनेतृ मिरुना मगरको प्रेमाभावलाई प्रस्तुत गरिएको छ । गीतमा मिरुनालाई ‘बिन्जुरी’ का रूपमा सम्बोधन गरिएको छ । बिन्जुरीको अर्थ फूल हो ।
चलचित्रमा सामाजिक रुपान्तरणको कथावस्तुले प्राथमिकता पाउनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक रुपान्तरणका कथावस्तुलाई प्राथमिकता दिन चलचित्रकर्मीलाई आग्रह गर्नुभएको छ।
सञ्जीवले ल्याए ‘स्टिम इन्जिन’
गायक सञ्जीव प्रधानले आफ्नो पुरानो गीत ‘स्टिम इन्जिन’ लाई पुनः रेकर्ड गरी भिडियो सार्वजनिक गर्नुभएको छ । म्युजिक भिडियोमा गायक प्रधान र करिश्मा श्रेष्ठको अभिनय रहेको छ । गीतमा कबवेभ ब्यान्डका दिपेश मुल्मीको एरेन्ज रहेको छ । काभ्रेको पनौतीका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई सुव्रत आचार्यले कलात्मक रूपमा निर्देशन गर्नुभएको छ । जया शर्माले क्रियटिभ निर्देशन गर्नुभएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गर्नुभएको छ । भिडियोको सम्पादन विकास दाहालले गर्नुभएको छ ।
लिटिल मिस एण्ड मिस्टर नेपाल आइडलकाे उपाधि बिप्सना र स्वयंलाई
लिटिल मिस एण्ड मिस्टर नेपाल आइडल २०२४ को जुनियरतर्फकाे उपाधि बिप्सना राजवाहक र सिनियरतर्फकाे उपाधि स्वयम थामीले जित्नुभएकाे छ।
दर्शकले रुचाए ‘ढोल साहेना गाअन्’
पूर्वी तराईबाट ढोल र सनई (साहेना) सहित आएका १५ जनाको राजवंशी समूहले सांस्कृतिक संस्थानको प्रेक्षालयमा लोकनाच ‘ढोल साहेना गाअन्’ प्रस्तुत गरिरहँदा प्रेक्षालयमा एक खालको एकाग्रता छाएको थियो । ढोल र सनईको तालमा राजवंशी भाषामा गायन र नृत्यले प्रस्तुतिमा फरक स्वाद दिएको थियो । भाषा नबुझिए पनि लोकनाचको मौलिक भावभङ्गीले दर्शकलाई तानेको थियो । सांस्कृतिक संस्थानले ५२ औँ वार्षिकोत्सवमा बुधबार आयोजित लोकगीत सङ्गीत, लघुनाटक र वाद्यवादन प्रस्तुतिमा ढोल सोहना गाअन् र तराई भेगकै लठ्ठहवा नाच (लट्ठीनाच) ले सबैको मन जितेको थियो । यो नाचमा ढोल र सनई अनिवार्य मानिन्छ । समाजका सुख, दुःख, माया पिरती, हास्य जस्ता विषयमा गाअन्को रचना गरिएको हुन्छ । संस्थानको वार्षिकोत्सव तथा ‘माटोको गीत’ को दोस्रो संस्करण ‘नेपाली संस्कृति’ को १३ औँ शृङ्खलाको समापनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाली मूर्त तथा अमूर्त कलाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रस्तुतीकरण र दस्ताबेजीकरणलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री तामाङले नेपाली अमूर्त संस्कृतिमा रहेको विविधताको संरक्षण गरी त्यसलाई पर्यटन विकासमा सँगसँगै लैजानुपर्नेमा जोड दिँदै अमूर्त संस्कृतिको पुस्तान्तरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले अमूर्त सम्पदाको सांस्कृतिक सूचीमा नेपाली संस्कृतिको सूचीकरण अभियानमा जोड दिनुभयो । उहाँले संस्कृतिलाई उत्पादनसँग जोड्ने लक्ष्य अनुरूप सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि संस्कृतिसम्बन्धी ज्ञान तथा सिपको जागरणमूलक प्रशिक्षण कार्यलाई निरन्तता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भवन निर्माणका लागि अनुदान स्वरूप प्राप्त हुनुपर्ने रकम ऋणका रूपमा देखिएकाले त्यसलाई अनुदानका रूपमा परिणत गर्नसमेत माग गर्नुभयो । उहाँले सांस्कृतिक संस्थानको आफ्नै ऐन नहुँदा विभिन्न कठिनाइ भोग्नु परेको चर्चा गर्दै बेग्लै ऐन निर्माणको अनुरोध गर्नुभयो । कार्यक्रममा साकेला, डिग्रे नाच, बँदेल नृत्य, कौरा नृत्य, बुद्ध भजन, बलबाहु (लघुनाटक), लोक धुन, राजवंशी लोक नाट्य ‘ढोल सहिना गाअन्’, लठ्ठहवा नाच (तराई भेग) लगायत लोकनृत्य र वादन प्रस्तुत गरिएको थियो ।
दुई थुङ्गा फूल
गायक रोशन राई ‘पालुवा स्टार’ को नयाँ म्युजिक भिडियो ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । वियोगान्तक प्रेमकथामा आधारित गीतको रचना तथा सङ्गीत जेठा चाम्लिङले गर्नुभएको छ । हसन राईको प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गर्नुभएको छ । म्युजिक भिडियोमा निर्देशक भट्टराई, समापिका पौडेलको अभिनय रहेको छ । भिडियोले एक साता नबित्दै करिब एक लाख दर्शकको माया पाएको छ । दुई दशकदेखि सुगम सङ्गीतको क्षेत्रमा क्रियाशील राईको यसअघि पनि दर्जनौँ सिर्जना सार्वजनिक भइसकेको छ ।
‘जन्ते बाख्रो’ आउने
चलचित्र ‘जन्ते बाख्रो’ को प्रवर्धन पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्ट टिमले गरेको हो । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ । ग्रामीण परिवेशको कथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ । चलचित्रमा सौगात मल्ल मुख्य भूमिकामा देखिँदै हुनुहुन्छ । चलचित्रका अन्य कलाकार छनोटका चरणमा रहेको निर्देशक सुनुवारले जानकारी दिनुभयो ।
सञ्जीप प्रधानको ‘स्टिम इन्जिन’ भिडियो सार्वजनिक
गायक सन्जीप प्रधानले ‘स्टिम इन्जिन’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको हो। गायक प्रधान र मोडल करिष्मा श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक भएको हो।
निर्देशकको असन्तुष्टि
चलचित्र ‘बोक्सीको घर’ को अन्तर्राष्ट्रिय प्रदर्शनीका क्रममा नायिका केकी अधिकारी अस्ट्रेलियामा रहेका बेला चलचित्रका लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई नियतवश ओझेलमा पारिएको बताउनुभएको छ । सोमबार चलचित्र प्रदर्शनीको ५१ दिन मनाएको ‘बोक्सीको घर’ का लेखक तथा भारतीले चलचित्रको प्रचारदेखि च्यारिटी प्रदर्शनसम्म नायिका अधिकारीले आफूलाई बेवास्ता गरेको बताउनुभयो । चलचित्रका निर्माता केकीका बुवा बद्री अधिकारी हुनुहुन्छ ।
कौसीमा ‘प्ले द सिस्टम’
कथा घेरा प्रोडक्सनको छैटौँ वार्षिकोत्सवका अवसरमा नाटक ‘प्ले द सिस्टम’ मञ्चन गरिने भएको छ । थेरेसा रिबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’ को नेपाली अनुवाद प्रियङ्करले गर्नुभएको हो । रङ्गकर्मी आकाङ्क्षा कार्कीको निर्देशनमा तयार गरिएको नाटक ‘प्ले द सिस्टम’ मा काम गर्ने ठाउँमा हुने नारीद्वेषी चेत एवं व्यवहारलाई व्यङ्ग्य गरिएको छ । नाटकमा कलाकार इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोशनी स्याङ्बो, सुरज मल्लको अभिनय रहेको छ । नाटक असार ६ गतेदेखि ३१ गतेसम्म कौसी थिएटर टेकुमा मञ्चन हुने जनाइएको छ ।
‘मलाई मन परेको मान्छे’ सार्वजनिक
अञ्जु पन्त र दीपक चौलागाईँको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार भेटघाटको आयोजना गरी सो गीत सार्वजनिक गरिएको हो ।
‘बोक्सीको घर’ ले पूरा गर्यो ५१औँ दिन
यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।