गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २ गते । नेपाल भाषाको दुई म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको रचनामा ‘पुलुक्क खनेवं' र प्रकाश दीप श्रेष्ठको रचनामा ‘गुलि हिसि दुम्ह भाजु’ काठमाडौँको विश्वज्योति सिनेप्लेक्समा सार्वजनिक गरिएको हो ।
गीतमा वरिष्ठ तबला बादक मनराजा नकःमिले सङ्गीत दिनुभएको छ भने स्वर सृजना श्रेष्ठको रहेको छ । वरिष्ठ गायककार जुजुकाजी रञ्जितको सभापतित्वमा प्रमुख अतिथि प्रकाश गुरुङका साथै वरिष्ठ सङ्गीतकर्मीहरूको उपस्थितिमा सार्वजनिक भएको म्युजिक भिडियाे मध्ये दुर्गालालको गीतमा आधुनिकता झल्केको छ भने प्रकाश दीपको गीतमा मौलिकता झल्केको सङ्गीतकार नकःमिले बताउनुभयो।
यस्तै, कार्यक्रमका प्रमुख अतिथि गुरुङले गीतको शब्द छनोट राम्रो भएकोले सिनेमाका लागि लायक भएको भन्दै म्युजिक भिडिओ दर्शकहरूले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।