गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । गायिका दीपानारायण झाको स्वर रहेको गीति एल्बम ‘कोपिलाको पुकार’ सार्वजनिक भएको छ । छ वटा गीत समावेश एल्बम मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । एल्बमको शीर्ष गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा दीपानारायण झालाई देख्न सकिन्छ । एल्बममा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, बबिना भट्टराई, सरोज पोखरेल, शङ्कर थापा ‘स्माइल’ को सङ्गीत रहेको छ । एल्बममा झासँगै अञ्जु पन्त, प्रताप दास, बबिना भट्टराई, शिवराम विश्वकर्मालगायतको स्वर रहेको छ । एल्बमका सबै गीत सरला श्रेष्ठको रहेको छ । श्रेष्ठको यात्रा शुभारम्भ कवितामा सङ्गृहीत कविता कोपिलाको पुकारलाई सङ्गीतकार लक्ष्मण पोखरेलले गीतिलयमा तयार पार्नुभएको हो ।