• २६ माघ २०८१, शनिबार

नारायण र शर्मिलाकोआवाजमा ‘औधी मन पराएँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २६ गते । गायक नारायण थापा र गायिका शर्मिला बर्देवाको आवाजमा गीत ‘औधी मन पराएँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो ‘जी मिडिया कनेक्सन युट्युब च्यानल’ मार्फत सार्वजनिक गरिएको हो । 

नयाँ पुस्ताकी मोडल प्रतीक्षा काफ्ले र प्रज्वलराज भट्टको अभिनय रहेको गीतमा हर्कबहादुर योङहाङ लिम्बूको शब्द, राजेन्द्र बजगाईंको सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ मास्टरिङ छ । सुविन गोदारको छायाङ्कन र राकेश दाहालको सम्पादन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गर्नुभएको हो । भिडियोमा एक प्रेमिल जोडीले एकअर्कालाई मनमनै मन पराएको तर त्यो अभिव्यक्त गर्न नसकेको कथावस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।