काठमाडौं, फागुन २ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे सङ्गीतमा ‘मन त्यतै कतै भुलेछु कि’ गीत सार्वजनिक भएको छ । गीतकाे भिडियो विश्वप्रकाशको युट्युब च्यानल विश्वप्रकाश शर्मा अफिसिएलबाट सार्वजनिक भएको हाे ।
गीतमा प्रमोदहरि गुरागाईंले शब्द रचना तथा प्रमोद खरेलले स्वर भर्नुभएकाे हाे । निकेश खड्काकाे निर्देशनमा बनेकाे गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रियना आचार्यको अभिनय देख्न सकिन्छ ।