लमजुङमा एक लाख ३७ हजार मतदाता कायम
आगामी फागुन २१ गतेको सङ्घीय निर्वाचनमा लमजुङमा एक लाख ३७ हजार एक सय २४ ले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय लमजुङले एक लाख ३७ हजार एक सय २४ जना मतदाता रहेको जनाएको हो ।
बाँकेमा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिए
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके जिल्लाबाट तीन लाख ५१ हजारभन्दा बढी मतदाताले मतदान गर्ने भएका छन् ।
धनकुटामा एक लाख १८ हजार ४२५ मतदाता कायम
आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४२५ जना मतदाता कायम भएका छन् ।
प्रविधिको दुरुपयोग रोक्नु चुनावको मुख्य चुनौती हो
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचन आयोगले स्वीकृत निर्वाचन तालिकाबमोजिम काम गरिरहेको छ । जस अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूचीसमेत बुझाइसकेका छन् ।
हुम्लाको मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदाता सङ्ख्या ३३ हजार नौ सय कायम भएको छ ।
नवलपरासीमा दुई लाख ५४ हजार मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।
कालीकोटमा एक हजार ७७२ मतदाता थपिए
कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ मतदाता नामवली सङ्कलनपछि कालीकोटमा एक हजार ७७२ जना थप भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।
आयोगले तोक्यो खर्च सीमा
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।
समानुपातिकमा तीन हजार दुई सय जनाको बन्दसूची पेस
राजनीतिक दलहरूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाएका छन् । निर्वाचन आयोगको निर्वाचन तालिकाबमोजिम नै निर्वाचन कार्यक्रम अगाडि बढेसँगै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनको संशयसमेत हटेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने चटाराे
दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४:०० बजेअघि नै आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।
गण्डकीमा थपिए ४४ हजार मतदाता
अघिल्लो निर्वाचनको तुलनामा फागुन २१ गते हुने मतदानमा गण्डकीमा ३४ हजार मतदाता बढेका छन् ।
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।
अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् ।
गुल्मीमा दुई लाखभन्दा बढी मतदाता
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मीमा दुई लाखभन्दा बढीले मतदान गर्न पाउने भएका छन् ।
ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो
ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो ।
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् ।
रौतहटमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो
आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थलसहित १८ केन्द्र थप गरिएका छन् ।
स्याङ्जामा दुई लाख पचास हजार मतदाता
फागुन २१ गतेको सङ्घीय निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार ८१६ ले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आचारसंहिता : उल्लङ्घनकर्ताले तिरेनन् जरिबाना
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आचारसंहिता स्वीकृत गरेको छ । आयोगले आचारसंहिता कठोरतापूर्वक पालना गर्ने चेतावनी दिइरहँदा विगतको निर्वाचनमा आचारसंहिता उल्लङ्घनको घटनामा संलग्नलाई आयोगले तोकेको जरिबाना र गरेको कारबाहीको पालना भएको छैन । आयोगले जरिबाना तोकेकामा राजनीतिक दलका उम्मेदवार, स्थानीय निकायका पदाधिकारी, प्रदेशका मन्त्री, विद्यालयका प्रधानाध्यापकसहित सरकारी निकायका उच्चपदस्थ कर्मचारी छन् ।
अस्थायी मतदाता नामावली आगामी सातादेखि सङ्कलन
निर्वाचन आयोगले आगामी सातादेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने भएको छ । आयोग पदाधिकारीको बैठकले अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेपछि सङ्कलन कार्य सुरु हुने भएको हो ।
तीन दलले बुझाए समानुपातिकतर्फको बन्दसूची
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ ।
निर्वाचन आचारसंहिता स्वीकृत
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी सरोकारवालालाई त्यसमा भएका व्यवस्थाहरुबारे सार्वजनिक जानकारी गराएको छ ।