मुख्य निर्वाचन र निर्वाचत अधिकृत नियुक्त
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।
निर्वाचन सफल पार्नु सबैको साझा कर्तव्य हो :अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिममा पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार बढी
सुदूरपश्चिम प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको हो ।
तनहुँमा एमालेद्वारा उम्मेद्वार सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले तनहुँले दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।
रौतहट १ मा एमालेबाट अजय गुप्ताको एकल सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ पार्टीका केन्द्रीय सदस्य अजयकुमार गुप्ताको नाम सिफारिस गरेको छ ।
बैतडीमा पाँच नयाँ मतदानकेन्द्र थपिए
बैतडीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पाँच वटा मतदान केन्द्र थपिएका छन् । मतदातालाई नजिकैबाट मतदानको सुविधा उपलब्ध गराउने उद्देश्यले जिल्लामा मतदान केन्द्र थप गरिएको हो ।
एमाले नेता श्रेष्ठको एकल नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको केन्द्रीय सदस्य एवम् पूर्व न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्री लिालानाथ श्रेष्ठको एकल नाम सिफरिस भएको छ ।
स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट एमालेका २१ जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावको लागि स्याङ्जाका दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम सिफारिस भएको छ । एमालेको क्षत्रीय समितिले १ बाट ६ जना र २ बाट १५ जनाको नाम सिफारिस गरेको हो ।
निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ ।
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।
एमाले कर्णालीका अध्यक्ष शाह प्रतिनिधिसभाका लागि एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
सप्तरी एमालेद्वारा चारै निर्वाचन क्षेत्रबाट उम्मेद्वार सिफारिस
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) जिल्ला कमिटी सप्तरीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षी उम्मेद्वारहरूको नाम सिफारिस गरेको छ ।
आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम ३३ लाख खर्च रुपियाँ गर्न पाउने भएका छन् ।
प्रतिनिधि सभा निर्वाचन : मतदाता नामावली छपाइ सुरु
२०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ गर्ने कार्य सुरु भएको छ ।
प्रत्यक्ष उम्मेद्वारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन निर्देशन दिएको छ ।
रासप्रपाको समानुपातिक सूचीः जुम्लामा चार जना उम्मेद्वार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूचीमा जुम्लाका चार जना उम्मेद्वार समावेश भएका छन् ।
सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
मतदाता शिक्षा स्थानीय भाषामा दिन आग्रह
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण र कार्यान्वयनसमेतको जिम्मेवारी पाएका स्थानीय तहहरूलाई स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
बागमती प्रदेशमा मतभारमा कांग्रेस अगाडि, दोस्रो नेकपा
बागमती प्रदेशमा प्रदेश सभा सदस्य, नगरपालिका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार अनुसार नेपाली कांग्रेस बलियो देखिन्छ । यसपछि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमाले रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : कोशीमा सुरक्षा सतर्कता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कोशी प्रदेशमा सुरक्षा चुनौतीहरूबारे समीक्षा भएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने विषयलाई केन्द्रमा राखेर सुरक्षा निकायबिच साझा बुझाइ र रणनीति तय गर्ने प्रयास गरेको हो ।
रौतहटमा थपिए १४ हजार ९१८ नयाँ मतदाता
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा १४ हजार ९१८ नयाँ मतदाता थपिएका छन् ।
कांग्रेसको समानुपातिक बन्दसूची : रौतहटबाट डा. शाहजहाँ
नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समावेश गरी ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता गराएको छ । यस सूचीमा रौतहटबाट २ जनाले स्थान पाएका छन् ।
तनहुँमा दुई लाख ५४ हजार मतदाता कायम
तनहुँमा आगामी फागुन २१ गते हुने सङ्घीय निर्वाचनका लागि कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार यसमा एक लाख ३० हजार ९०६ पुरुष र एक लाख २३ हजार ४९२ महिला मतदाता रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ ।