प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा तनहुँद्वारा उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ ।
एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् ।
समानुपातिकको सूची बनाउन कांग्रेसको मापदण्ड
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तय भएको समानुपातिकतर्फका उम्मेदवारको नामावली चयन प्रक्रिया प्रारम्भ गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फको बन्दसूची भोलिसम्म
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पुस १३ (आज) र १४ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि उम्मेदवारको बन्दसूची पेस गर्दै छन् । आयोगको निर्वाचन कार्यक्रमबमोजिम दलले उम्मेदवारको बन्दसूची पेस गर्न लागेका हुन् ।
जाजरकोट नेकपाबाट १३ जना उम्मेदवारको नाम सिफरिस
फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
आसन्न निर्वाचनका लागि जिल्लामा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् । यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।
नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : हुम्लामा ६० मतदानस्थल र ६४ मतदानकेन्द्र निधारण
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।
नेकपा म्याग्दीद्वारा उम्मेदवारको नाम सिफारिस
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
निर्वाचन निर्देशिका तथा कार्यविधिको तयारी तीव्र
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीन वटा निर्देशिकाको मसौदा तयार भइरहेको आयोगले जनाएको छ ।
सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
गण्डकीमा राष्ट्रियसभा निर्वाचन : एक्लै लडे कांग्रेस बलियो
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
निर्वाचन हुने र नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने÷नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचनः निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ ।
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याइ शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताउनुभएको छ ।
चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु
प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : सात निर्वाचन अधिकृत नियुक्त
आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
निर्धारित मितिमै निर्वाचन गराउनु पर्छ
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । सरकार, निर्वाचन आयोग, सुरक्षा निकायसहित सम्पूर्ण निकाय तोकिएकै मितिमा निर्वाचन गराउन दत्तचित्त भएर लागेका छन् । राजनीतिक दल पनि निर्वाचनमा जान आतुर छन् ।
यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य
सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।
निर्वाचनमा शङ्का गर्ने ठाउँ छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्ण सुनिश्चितता गरिसकेकाले निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिनुस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिन राजनीतिक दलका नेताहरूसँग आग्रह गर्नु भएको छ ।