यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।
निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ ।
चौहत्तर वटा मतदान स्थल थप
निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा मतदान स्थल थप गर्ने निर्णय गरेको हो ।
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
फागुन २१ को निर्वाचन महोत्सव बन्दैछ : सञ्चारमन्त्री खरेल
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनावलाई सफल बनाउन सरकार लागि परेको भन्दै यसलाई महोत्सव बनाउनुपर्ने बताउनुभएको छ ।
‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’
बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
समावेशी समूहको प्रतिशत पुनरवलोकनको प्रस्ताव
राष्ट्रिय तथ्याङ्क कार्यालयले समावेशी समूहको प्रतिशत निर्धारणमा पुनरवलोकन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सरकारले बुधबार नै सो प्रस्ताव मन्त्रीपरिषद्मा दर्ता गराएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि सरकारले जनगणना २०७८ को प्रतिवेदनबमोजिम जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्वसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने भएपछि तथ्याङ्क कार्यालयले प्रतिशत पुनरवलोकन गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस हुम्लाद्वारा प्रत्यक्षमा तीन नाम सिफारिस
नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
प्रतिनिधिसभा निर्वाचन: लमजुङका चार मतदानस्थलमा पुग्दैन यातायात
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि छनोट भएका लमजुङका चार वटा मतदानस्थल सवारी साधनको पहुँच बाहिर रहेका छन् ।
कांग्रेस जुम्लाबाट प्रतिनिधिसभा प्रत्यक्षमा चार जनाको नाम सिफारिस
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा उम्मेदवारका लागि चार जना नेताको नाम सिफारिस गरेको छ ।
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
सात दललाई आयोगले माग्यो स्पष्टीकरण
निर्वाचन आयोगले लगातार तीन वर्ष र सोभन्दा बढी समयसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने सात दललाई ‘खारेज किन नगर्ने’ स्पष्टीकरण मागेको छ । दुई वटा दलले लगातार चार वर्षसम्म र पाँच वटा दलले तीन वर्षको लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन् ।
थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय
थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ ।
पाँच मतदान केन्द्र थप, २० अति संवेदनशील
ओखलढुङ्गामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् ।
चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।
कांग्रेस तनहुँद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारको नाम केन्द्रमा सिफारिस
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
कांग्रेस बाजुराद्वारा १३ जना उम्मेदवारको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बाजुराले १३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।