तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सर्लाही– ३ बाट नारायणकाजी श्रेष्ठ चुनाव लड्न
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा स्याङ्जामा गुरुङ र थापा उम्मेदवार तय
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो ।
पाल्पामा चुनावी चहलपहल
आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ ।
भूकम्पले चर्किएको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय
भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कामकाज गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयस्थापना भएको छ ।
सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत सल्यानमा एक कार्यक्रमबिच कार्यालयको उद्घाटन गरिएको हो ।
निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत
निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।
विशेष महाधिवेशनलाई आयोगको वैधता,कांग्रेस सभापतिमा गगन थापा
निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक र आधिकारिक मान्यता प्रदान
ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। ताप्लेजुङ जिल्ला अदालतसँगै रहनेगरी शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
निर्वाचन प्रहरीमा मागअनुसार आवेदन परेन
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि ताप्लेजुङमा मागभन्दा कम आवेदन (दरखास्त) परेको छ ।
तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।
निर्वाचन सामग्री खरिद गर्न जी–टु–जी सम्झौता
निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री खरिद गर्न जिल्ला निर्वाचन कार्यालय सर्लाहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरसँग सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत सम्झौता गरेको छ ।
यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ ।
कांग्रेस विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग
नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ।
‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताउनुभएको छ ।
१७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा हो : डा. तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्छ: सभामुख घिमिरे
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।
निर्वाचन प्रहरीका लागि सप्तरीमा तीन दिनमा चार हजार ३८ जनाकाे आवेदन दर्ता
प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन प्रहरी पदका लागि जिल्लामा तीन दिनमा ४ हजार ३८ जनाको आवेदन दर्ता गराएका छन् ।
एकल सिफारिस उम्मेदवार प्रचार–प्रसारमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।