राष्ट्रिय सभा निर्वाचन : पहिचानका लागि मतदाताको परिचयपत्र अनिवार्य
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदातालाई मतदान गर्न जाँदा परिचय पत्र बोक्न अनुरोध गरेको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेल रूपन्देही–२ बाट उम्मेदवार
नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन सफल गराउन बागलुङमा सर्वपक्षीय बैठक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ ।
आचारसंहिता परिपालनाबाटै स्वच्छ निर्वाचन
मुलुक प्रतिनिधि सभाको निर्वाचनमा होमिएको छ । नेपाल सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले निर्वाचनका लागि आफ्नातर्फबाट तयारी
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरेको छ ।
उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको
बागमतीका छ जना प्रदेश सभा सदस्यको राजीनामा
बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ ।
निवर्तमान सभामुख र उपसभामुख प्रतिस्पर्धा गर्दै
झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
भयमुक्त वातावरणमा निर्वाचन हुन्छ : भण्डारी (अपिलसहित)
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।
कपिलबस्तुमा मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।
निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ
मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।
पहिलो दलका उम्मेदवारको मनोनयन दर्ता गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
सप्तरीका मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचन अधिकृत किशोर घिमिरेले माघ ६ गते हुने मनोनयन दर्ताका लागि आउने पहिलो दलका उम्मेदवारको मनोनयन दर्ता गरिने जानकारी दिनुभएको छ ।
पर्सामा एक सय ६७ मतदानस्थल कायम
जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
कञ्चनपुरमा निर्वाचन प्रहरीमा मागभन्दा ७७३ बढी आवेदन
कञ्चनपुरमा निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको छ । सोमबार बिहानदेखि निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।
स्याङ्जाका ५६ मतदानस्थल 'अति संवेदनशील'
स्याङ्जाका ५६ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
निर्वाचन सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
बाँकेमा निर्वाचन प्रहरीमा चार हजार ८२८ जनाको आवेदन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।
निर्वाचनलाई मितव्ययी बनाउनु पर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनु पर्नेमा जोड दिनु भएको छ ।
धनकुटामा निर्वाचन प्रहरीमा ११ सय २६ जनाको आवेदन
धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।