• ५ माघ २०८२, सोमबार

कञ्चनपुरमा निर्वाचन प्रहरीमा मागभन्दा ७७३ बढी आवेदन

blog

प्रारम्भिक परीक्षणका लागि लाइनमा आवेदकहरु । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, माघ ५ गते । कञ्चनपुरमा निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको छ । सोमबार बिहानदेखि निर्वाचन प्रहरी भर्ना छनौट कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । 

जिल्लामा २ हजार ३२७ जना निर्वाचन प्रहरीको माग भएकोमा तीन हजार एक सय जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जसमध्ये नेपाल प्रहरी तर्फ २ हजार ३५ जनाको माग गरिएकोमा २ हजार ९०६ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले बताउनुभयो । 

यसैगरी, सशस्त्र प्रहरी बल, नेपाल तर्फ २९२ जनाको माग भएकोमा माग भन्दा कम अर्थात १९४ जनाको मात्रै आवेदन परेको प्रनाउ बोहराले बताउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण झलारीमा माग भन्दा ९८ कमको आवेदन परेको छ । 

जिल्ला प्रहरी कार्यालयमा पूर्व सेना तर्फ १९२ जना, पूर्व प्रहरीतर्फ ४१ जना, पूर्व सशस्त्र १४, र पूर्व म्यादीतर्फका बाट २९८ जनाको आवेदन परेको प्रनाउ बोहराले बताउनुभयो । 

यसैगरी, सशस्त्र प्रहरी कार्यालयमा पूर्व सेना ८ जना, पूर्व सशस्त्र तीन जना र पूर्व म्यादी १९ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । निर्वाचन प्रहरी छनाँैट गर्दा पूर्व सुरक्षाकर्मी, पूर्व म्यादी प्रहरीलाई विशेष प्राथमिकता राखिने जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल कार्यालयमा गरी १ हजार ३१३ जना महिला र एक हजार ७८७ जना पुरुष गरी ३ हजार एक सय जनाले आवेदन दिएको प्रनाउ बोहराले जानकारी दिनुभयो ।

जिल्लामा सोमबार बिहान ८ बजेदेखि निर्वाचन प्रहरीको छनौट प्रक्रिया अगाडी बढाइएको हो । निर्वाचन प्रहरीमा उम्मेदवारी दिएकाको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर मैदानमा प्रारम्भिक शारिरीक परीक्षण तथा शारिरीक सहिष्णुता परिक्षा, लिखित परीक्षा र अन्तरवार्ता लगायत छनौट प्रक्रिया अगाडी बढाइएको छ । 

सोमबार बिहान ८ बजेदेखि १ बजेसम्म ६११ दर्ता नम्बर भएका तथा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म ६१२ देखि १ हजार ६१३ दर्ता नम्बर भएकाको छनौट प्रक्रिया अगाडी बढाइने प्रनाउ बोहराले बताउनुभयो । अन्य आवेदकको मंगलबार र बुधवार सम्म छनौट प्रक्रिया अगाडी बढाइने उहाँले बताउनुभयो । 

उनीहरूको अन्तिम नतिजा भने माघ १२ गते प्रकाशित गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोहराले बताउनुभयो । छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २४ गते सम्म प्रशिक्षण प्रदान गरिने छ । निर्वाचन प्रहरीमा छनाँैट भई नियुक्ति पाएको ४० दिन सम्म कार्य अवधि तोकिएको छ ।