• ४ माघ २०८२, आइतबार

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेद्वारा स्याङ्जामा गुरुङ र थापा उम्मेदवार तय

blog

मिन प्रसाद गुरुङ र खिम बहादुर थापा । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), माघ ४ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले स्याङ्जाका दुबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । स्याङ्जा क्षेत्र नं. १ मा मिन प्रसाद गुरुङ र क्षेत्र नं. २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको हो ।

गुरुङ गण्डकी प्रदेश सभाका पूर्व सांसद हुनुहुन्छ, सामाजिक संघ संस्थाको विभिन्न जिम्मेवारी समेत सम्हालिसक्नु भएका गुरुङ एमाले स्याङ्जाका पूर्व अध्यक्ष समेत रहनुभएको छ ।

थापा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो पटक कालीगण्डकी गाउँपालिकाको अध्यक्षको रुपमा काम गरिरहनुभएको छ । उहाँ २०७४ र २०७९ मा पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । गाउँपालिका महासंघका महासचिव थापा केही समय अगाडि भएको एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

स्याङ्जाका अन्यदलहरु पनि आआफ्ना उम्मेदवार टुङ्गो लगाउने काममा जुटिरहेका दलहरुले जानकारी दिनुभएको छ ।