• ४ माघ २०८२, आइतबार

तनहुँका दुई निर्वाचन क्षेत्रमा नेकपाका उम्मेदवारको टुंगो

blog

अमरराज नहर्की
तनहुँ, माघ ४ गते ।
नेपाली कम्युनिष्ट पार्टीले तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीको निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ बाट विद्यानाथ ढकाल र क्षेत्र नम्बर २ बाट युवा नेता सोमबहादुर थापा उम्मेदवार बन्नुभएको छ ।

पार्टीले वैचारिक स्पष्टता, संगठन सुदृढीकरण र जनमुखी एजेन्डालाई ध्यानमा राख्दै उम्मेदवार छनोट गरिएको जनाएको छ । क्षेत्र नम्बर १ का उम्मेदवार ढकाल लामो समयदेखि वाम आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ भने क्षेत्र नम्बर २ का उम्मेदवार थापा युवामाझ लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ ।