• ४ माघ २०८२, आइतबार

तनहुँ–१ मा रास्वपाबाट डा. वाग्ले उम्मेदवार

blog

डा. स्वर्णिम वाग्ले

अमरराज नहर्की    
तनहुँ, माघ ४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वाग्लेलाई उम्मेदवारका रूपमा अघि सारिएको जिल्ला सभापति विश्व वास्तोलाले जानकारी दिनुभयो ।

अर्थशास्त्री तथा पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहनुभएका डा. वाग्ले पछिल्लो समय वैकल्पिक राजनीतिक धारका सशक्त प्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ । सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई मूल एजेन्डा बनाउँदै रास्वपाले अनुभवी तथा विज्ञ व्यक्तिलाई उम्मेदवार बनाइएको जनाएको छ ।

यसअघि डा. वाग्ले तनहुँ–१ बाट भएको उपनिर्वाचनमा विजयी बन्नु भएको थियो । तत्कालीन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा डा. वाग्लेले नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।