• २९ पुस २०८२, मङ्गलबार

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्छ: सभामुख घिमिरे

blog

फाइल तस्बिर ।

झापा,पुस २९ गते ।विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्नेमा जोड दिनु भएको छ ।

बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनु पर्नेमा जोड दिनुभएको हो ।

ताजा जनादेशको  विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताउनु भयो । 

तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताउनु भयो । रासस