महोत्तरी–१ मा चुनावी सरगर्मी, नयाँ अनुहारप्रति आकर्षण
आसन्न प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार सुरु भएसँगै महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। यसपटक गठबन्धन नभएकाले चुनावी परिदृश्य फरक देखिनुका साथै परम्परागत मत विभाजन हुने अनुमान गरिएको छ।
‘गरिखाने वातावरण देऊ’
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसै गरी बढिरहेको छ । निर्वाचन आयोगले फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्ने बाटो खुला गरिदिएपछि भने चुनावी चहल पहल बढेको छ । अहिले राजनीतिक दलका नेता मतदाताको घरदैलोमा व्यस्त छन् । यस्तै अभियान काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा पनि जारी छ । यस क्षेत्रमा पनि उम्मेदवारबिच रोचक उपस्थिति रहेको छ । कतिपय मतदाताले विगतमा गरेका काम र अब गर्नुपर्ने कामबारे प्रश्न सोधिरहेका छन् । कोही उम्मेदवारका कुरामा मुन्टो हल्लाउँदै मौन समर्थन गर्छन् भने कतिपयले प्रतिप्रश्न पनि गरिरहेका दृश्य देखिएका छन् ।
चुनाव धेरै आए तर आएन पहिचान
बर्दियाका आफ्नो जातीय पहिचानको लडाइँ लडिरहेका सोनाहा जातिका मतदाताले मत माग्न आउनेसँग सोनाहाको जातीय पहिचानका लागि के एजेन्डा छ भनी प्रश्न सोध्ने गरेका छन् । फागुन २१ गते हुने चुनावका लागि मत माग्न आउने उम्मेदवारसँग सोनाहाहरूले आफ्नो पहिचान माग गरिरहेका छन् ।
बागलुङ क्षेत्र नम्बर १ का आठ उम्मेदवार एउटै मञ्चमा
बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले जेसिज संवादमार्फत आफ्ना एजेण्डा सुनाउनुभएको हो । बागलुङको ऐश्वर्य पार्कमा आयोजना गरेको नागरिकसँग उम्मेदवारको प्रत्यक्ष संवादमा बागलुङ क्षेत्र नम्बर १ का आठ जना उम्मेदवारहरुले आफ्ना विकास र नीतिगत एजेण्डा सुनाउनुभएको थियोे ।
निर्वाचन सफल बनाउन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई सफल पार्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकाले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन अवसरमा म सबैलाई आह्वान गर्दछु ।” सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुने उहाँको भनाइ थियो ।
निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा आसन्न प्रतिनिधिसभा ‘निर्वाचनलाई केन्द्रित गरी निर्वाचन आचारसंहिता र सञ्चार’ विषयक अन्तरक्रिया आज बुटवलमा सम्पन्न भयो ।
‘आचारसंहिता चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हो’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम भएको बताउनुभएको छ ।
राम्रो कामको संरक्षण, अधुरा कामको जिम्मेवारी
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नंं ५ लाई केन्द्रित गरी ४२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिवद्धतापत्रमा मुख्य चार क्षेत्र उहाँले छनौट गर्नुभएको छ ।
निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस् : कार्यवाहक आयुक्त भण्डारी
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ ।
‘आचारसंहिता पालना गरी स्वच्छ निर्वाचन बनाऔं’
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनमा तीव्रता दिएको छ ।
मतपत्र छपाइ सकियो
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट जिल्ला मा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। रौतहट निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झा घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त रहेका छन्।
बदर मत घटाउन मुस्ताङमा घरदैलोमै मतदाता शिक्षा
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङमा मतदाता शिक्षा विशेष कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले पाँच वटै स्थानीय तहका वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवकलाई तालिमसहित आवश्यक सामग्री दिएपछि स्वंयमसेवक बस्ती र घरदैलोमै पुगेर मतदातालाई प्रत्यक्ष रूपमा सिकाउने छन् ।
कांग्रेसले मात्र देश बदल्न सक्छः उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गर्नुभएको छ । सोमबार दमौलीमा नोपली कांग्रेस तनहुँद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताउनुभयो ।
बाँकेमा अनुमति बिना जुलुस र आमसभा गर्न नपाइने
जिल्ला प्रसाशन कार्यालय बाँकेले निर्वाचन केन्द्रित जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य लिनुपर्ने जानकारी गराएको छ । प्रतिनिधिसभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैलाई अनुरोध गरेको हो ।
मुसहर समुदायले मदिरा बिक्री–वितरण बन्द गर्ने उम्मेदवारलाई मत दिने
विष्णुपुर गाउँपालिका–६, गोरगामाका मुसहर समुदायले रक्सी बिक्री बन्द गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन्।
तीव्र भिडन्तमा कपिलवस्तु, उम्मेदवारपिच्छे एजेन्डा बाढी
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु जिल्ला क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो अभियान, टोल भेटघाट, चोक चियापसल संवाद र कोण सभामार्फत मतदातालाई आकर्षित गर्ने प्रयासमा जुटेका छन् ।
भारत पुगेका मतदाता नफर्किने डर
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिकामा अधिकांश स्थानीयको मूल ढोकामा ताल्चा झुन्डिएको छ । कठ्याङ्ग्रिँदो जाडो छल्न जिल्लाबाहिरका सहर झरेकाहरू फागुन महिना लागिसक्दा समेत गाउँ फर्किएका छैनन् ।
चुनावी प्रतिबद्धतापत्र : बन्दरगाह निर्माणदेखि युवालाई रोजगारी दिनेसम्म
प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गरेर उम्मेदवारले जनतालाई रिझाउन आआफ्ना चुनावी प्रतिबद्धतापत्र जनतामाझ लैजान थालेका छन् । यसक्रममा कैलाली क्षेत्र नम्बर २ नेकपा (एमाले) का उम्मेदवार सूर्यबहादुर थापाले आइतबार आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
चिया पसल प्रचारको थलो
सदरमुकाम बेँसीसहरको फूलबारी चोकको परी चिया पसलमा हिजोआज हरेक दिन चियाको चुस्कीसँगै आगामी निर्वाचनका बारेमा गरमागरम बहस हुन्छ । यहाँ उपस्थित भएकाको कुरा सुन्दा लाग्छ, उनीहरू चियाको चुस्कीका लागिभन्दा निर्वाचनको गफ गर्न आएका हुन् । यसरी गफ गर्नेमा शिक्षक, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, पत्रकार आदि हुन्छन् । हरेकले आआफ्नै विश्लेषण सुनाउँछन् । स्थानीयसमेत रहनुभएका एक बिमा कम्पनीमा कार्यरत श्याम रावल दिनमा तीन/चार पटक चिया पसलमा पुग्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिया पसलमा सबै दलमा आस्था राख्नेहरू भेट हुनुहुन्छ । चुनावको बारेमा सबैका कुरा सुन्न पाइन्छ । चुनावको गतिविधि, नेता र मतदाताको विचार बुझिन्छ ।”
जनचासोमा भक्तपुर–२ : घरदैलो अभियानमा उम्मेदवारहरू
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जुटेका दलहरू सोमबारदेखि घरदैलो अभियान सुरु गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् । नेकपा (एमाले), नेपाली कांगे्रस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् ।
सप्तरीमा नेपाली सेनाद्वारा गस्ती
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले सप्तरी जिल्लामा सुरक्षा व्यवस्था उच्च सतर्कतामा राखिएको छ।
बदलिएको कांग्रेसले जनताको माग पूरा गर्ने दाबी, आलमको घरदैलो तीव्र
रौतहट क्षेत्र नं. २ को समग्र विकास ‘बदलिएको कांग्रेस’बाट मात्र सम्भव हुने दाबी गर्दै नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार बनेका ३९ वर्षीय युवा मो. फिरदोश आलमले घरदैलो कार्यक्रम तीव्र बनाउनुभएको छ।
मतदातालाई उत्साह जगाउदै उम्मेदवार
प्रतिनिधि सभा निर्वाचनको माहोल तातिरहदा चितवनको निर्वाचन क्षेत्र नंं ३ मा भने मतदातामा अझै उत्साव आउन सकेको छैन । निर्धारित समयभन्दा अगाडि र फरक अवस्थामा निर्वाचन भएको कारण पनि मतदातामा उत्साह आउन नसकेको हो ।