उम्मेदवार भट्टद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार परमानन्द भट्टले मत माग्न चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन : सल्यानमा सेना–प्रहरीको संयुक्त गस्ती
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सल्यानमा नेपाली सेना–नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ ।
निर्वाचन प्रचारमा होमिए दल
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि फागुन १८ गतेसम्म निर्वाचनलाई दृष्टिगत गरी बृहत् जनसभा आयोजना गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय हुने भएको हो ।
चुनावी प्रचारमा रहेका भारतीय नम्बरप्लेटको गाडी नियन्त्रणमा
सप्तरीमा आचारसंहिता उल्लङ्घन गरेका दुई प्रचार गाडीलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारमा विदेशी (भारतीय) नम्बर प्लेटका सवारीसाधन प्रयोग भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुगमनको क्रममा दुईवटा भारतीय नम्बर प्लेटको गाडि नियन्त्रणमा लिएको हो ।
ताप्लेजुङको आवाज बन्ने क्षितिजको भनाइ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका उम्मेद्वार क्षितिज थेबेले आफू ताप्लेजुङको आवाज बन्ने बताउनुभएको छ। सोमबार जिल्लाको सिदिङ्वा गाउँपालिका साब्लाखुमा भएको चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै थेबेले यस्तो बताउनुभएको हो।
एआईमार्फत मतदातामा भ्रम सिर्जना गरेकोप्रति ध्यानाकर्षण
विज्ञापन बोर्डले अनुगमनका क्रममा कृतिम बौद्धिकता (एआई) को प्रयोग गरि मतदातामा भ्रम सिर्जना भएको फेला पारेको भन्दै ध्यानाकर्षण गराएको छ ।
बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, फागुन ४ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैङ्किङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने बताउनुभएको छ ।आयोगमा आज आयोजित बैंकरहरुसँगको छलफलमा उहाँले हात, हातमा पैसा लिएर चुनावमा खर्च गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । यसकै लागि आयोगले छुट्टै निर्देशिका बनाएको जानकारी उहाँले दिनुभयो ।जसअनुसार राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले पहिलेका चुनावमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।“भूगोलअनुसार उम्मेदवारले रु २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ, उम्मेदवारको खाताबाट पैसा कता जान्छ भन्ने अनुगमन पनि यसपटक हुन्छ, आर्थिक अनुशासनका लागि यो व्यवस्था गरिएको हो”, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भन्नुभयो ।आयोगका सचिव कृष्णबहादुर राउतले कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका धेरै उम्मेदवारले अझै खाता नखोलेको बताउनुभयो ।७५३ वटै स्थानीय तहमा कुनै न कुनै बैंकको उपस्थिति रहेकाले खाता खोल्न यति असहज हुनु नपर्ने उहाँको भनाइ थियो । दल र उम्मेदवारले रु २५ हजारभन्दा धेरै रकम बैंक खाताबाट लिने र खर्च गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले तीन हजार ४०६ जना प्रत्यक्षतर्फका उम्मेदवारमध्ये हालसम्म ६७१ जनाले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगको प्रणालीमा सूचना प्राप्त भएको जानकारी दिनुभयो ।नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले कतिपय उम्मेदवारको राष्ट्रिय परिचयपत्र नभएकै कारण खाता खोल्न नसकेको जानकारी दिनुभयो । राजनीतिक दल र उम्मेदवारले खर्च गर्ने संयन्त्र के हुने भन्ने पनि प्रष्ट पारिनुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले निर्वाचन खर्च सकिएर बाँकी रहेको पैसा के गर्ने रु भनी जिज्ञासा राखेका थिए । यस विषयमा आयोगले पछि निर्णय गर्ने जनाएको छ । आयोगले यसपटक गरेको यो व्यवस्थाले सम्पत्ति शुद्धीकरण र नेपाललाई ‘ग्रे लिष्ट’बाट हटाउनका लागि पनि सहयोग गर्ने विश्वास लिइएको छ । आगामी निर्वाचनहरुमा यो व्यवस्थालाई अझै परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिइएको थियो । रासस
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने चार दलको प्रतिबद्धता
मकवानपुर जिल्लामा क्रियाशील चार राजनीतिक दलले चुनावी प्रयोजनका लागि बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।
हिउँले रोेक्यो मतदान स्थल निरीक्षण टोलीलाई
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान स्थल सार्ने प्रस्ताव आएपछि स्थलगत अनुगमन टोली सडकमा हिउँ जमेका कारण गाउँ नपुगि फर्किएको हो ।
निर्वाचनको माहोलसँगै घन्कन थाल्यो दमाहा बाजा
आफुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा यहाँका उम्मेदवारहरू घरदैलो कार्यक्रममा गाउँ बस्तीमा गएसँगै लामो समयदेखि घरमा थन्किएका दमाहा बाजा प्रयोगमा आएको हो ।
जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो
जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई आयोगको स्पष्टीकरण
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकामा ३२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
झापा ५ का उम्मेदवार ओली र साहको एकसाथ घरदैलो
झापाको क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ ।
काठमाडौँ -५ मा प्रमुख दलका नेताकै बढी चर्चा
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।
रौतहटका प्रत्येक वडामा मतदाता शिक्षा सुरु
रौतहटका चार वटै निर्वाचन क्षेत्र मा मतदाता शिक्षा सुरु भएको छ । जिल्लामा रहेको १८ वटा स्थानीय तहका १५७ वडामा मतदाता शिक्षा सुरु भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
मिटरब्याजी समस्या समाधानदेखि ‘झापा–२ समृद्ध, न्यायपूर्ण’ बनाउने प्रतिबद्धता
नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै मिटरव्याजीहरूमाथि कारबाही गरिने बताउनुभएको छ।
ढोग्दै उम्मेदवार, प्रश्न गर्दै मतदाता
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मतदाताका घर घरमा पुगेका उम्मेदवारले ज्येष्ठ नागरिकलाई ढोग्ने, आशीर्वाद लिने, दुःखसुखका कुराकानी गर्ने जस्ता व्रिmयाकलापमार्फत मतदाता आफ्नो पक्षमा पार्ने कोसिस गरेका छन् ।
रुपन्देहीको चुनावी मैदान : नयाँ अनुहारबिच पेचिलो प्रतिस्पर्धा
पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. १ मा यस पटक सबै नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । सबै अनुहार नयाँ भएकाले कसले जित्छ भन्ने पूर्वआकलन गर्न यहाँका मतदातालाई कठिनाइ भएको छ । नयाँ अनुहारबिचको चुनावी सरगर्मी झन् रोचक बनेको छ । अघिल्ला निर्वाचनका सदाबहार उम्मेदवार मैदानमा नउत्रिएपछि स्थापित दल र नयाँ शक्तिबिच पेचिलो भिडन्त हुने सङ्केत देखिएको हो ।
हलियालाई छैन गाँसबास, उम्मेदवारलाई भोट पाउने आस
भोट पाउने आशामा उम्मेदवार हलिया बस्तीमा पुगे मुक्त हलिया भने गाँसबासकै चिन्ताले पिरोलिएका छन् । हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि उचित पुनस्र्थापना र रोजगारी नहुँदा छाक टार्नकै लागि मुक्त हलिया सडक किनारमा गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् । नेपाल सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो । सुदूरपश्चिम र कर्णाली प्रदेशका १६ हजार ९५३ जना हलियामध्ये सरकारले हालसम्म १३ हजार ५४६ जना पुनस्र्थापना गरे पनि अझै तीन हजार ४०७ जना मुक्त हलिया गाँसबासको प्रतीक्षामा छन् ।
जुम्लामा निर्वाचनका लागि ६४८ जना कर्मचारी खटिए
जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।
म्याग्दीमा निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीय रुपमा सम्पन्न गर्न म्याग्दीमा निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको छ ।
हुम्लामा तीन दलबिच प्रतिस्पर्धा
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मुख्य गरी जिल्लाका ठुला तीन राजनीतिक दलबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । अन्य दल चुनावी मैदानमा भए पनि मुख्य गरी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच नै प्रतिस्पर्धा हुने देखिएको हो ।
हरिया बगानबिच शान्त राजनीति
देशका हरेक निर्वाचन क्षेत्रमा फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको रौनक बढ्दै छ । हरिया चिया बगानले भरिएको इलाममा भने राजनीति शान्त छ । कन्याम चियाबगाननजिकै होटल गरेर बस्नुभएकी अनिता लामा भन्नुहुन्छ, “अहं हाम्रोतिर अरू ठाउँको जस्तो चुनाव कहिल्यै भएन, यहाँ भोट माग्नेहरू माग्छन्, जान्छन्, दिनेहरूले पनि दिने दिन दिन्छन् अनि चुप लागेर काममै फर्कन्छन् ।”
लालपुर्जादेखि सहिदगेट निर्माणसम्मका प्रतिबद्धता
कैलाली क्षेत्र नम्बर २ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभा उम्मेदवार बन्नुभएका नन्दबहादुर साउद (राजेन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।