शालिग्राम नेपाल
चितवन, फागुन ५ गते । प्रतिनिधि सभा निर्वाचनको माहोल तातिरहदा चितवनको निर्वाचन क्षेत्र नंं ३ मा भने मतदातामा अझै उत्साव आउन सकेको छैन । निर्धारित समयभन्दा अगाडि र फरक अवस्थामा निर्वाचन भएको कारण पनि मतदातामा उत्साह आउन नसकेको हो । मतदताले तीनै तहको निर्वाचनको अनुभव गरिसकेको छ उम्मेदवारले मतदाताको चाहना अगुसार तीव्र विकासको अनुभूती गर्न नसक्दा उत्साव नभएको बताएका छन् । तर उम्मेदवार भने मतदाताको घरघरमा पुगेर आफ्ने एजेण्डा भने सुनाइ रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २४ ध्रुवनगरका स्थानीय बाबुराम केसी भन्नुहुन्छ, “विगतमा जस्तो अहिले मतदातामा उत्साह मैले पाएको छैन । पुरानै एजेण्डा, पुरानै पार्टी, पुरानै नारा लिएर आएपछि उत्साह छैन ।” उम्मेदवार घरघरमा आएर नमस्कार गर्दै हिँड्न थालेपछि सामान्य औपचारिकता मतदाताले दिने गरेका छन् । तर विगतमा जस्तो पार्टीका नेतलाई जिताउन गाउघरमा जमघट हुने भेटघाटमा जाने कार्य भने अहिले भएको पाइदैन ।
केसीले भन्नुभयो, “एउटै व्यक्ति सवै पार्टीको नेतालाई स्वागत गर्न माला लगाउन र भोट दिन्छु भन्न भ्याएका छन् । अन्यलाई कुनै चासो छैन ।”
उहा मात्र होइन निर्वाचन क्षेत्र ३ कै भरतपुर १९ का रोहन विकले भन्नुभयो, “मत हालेर जिताए नेताको आसेपासेले मात्र अवसर पाउने जनताका लागि सोच्ने व्यक्ति पाइदैन त्यसैले अहिले कुनै चासो छैन ।”
‘‘गाउँघर सहरबजारमा काम पाइदैन,’’ उहाँले भन्नुभयो, “तीन चालिस हजार कमाउन विदेश जानै पर्ने अवस्था छ । हाम्रो यो समस्या कसले वुझ्ने हो र चुनाव आउदा खुसी हुनु ?”
बजारमा भएका पसल तथा व्यापारिक प्रतिष्ठानमा किनमेल र अन्य चहलपहल हुने गरेको पाइएको छ । यो भन्दा बाहेक ग्रामीण क्षेत्रमा चुनावको कुनै रौनतकता देखिएको छैन । मतदातामा रौनतकता ल्याउनका लागि दल र उम्मेदवारहरु अहिले घरघरमा जाने गर्नुभएको छ ।
ग्रामीण क्षेत्रमा तरकारी टिप्ने र नयाँ रोप्ने सिजन चलेकाल खेतवारीमा भेटिन्छन् । निर्वाचन क्षेत्र नं. भरतपुर महानगरपालिकाको केही वडा र माडी नगरपालिका गरी समेटिएको छ । माडीको ९ वटा वडा र भरतपुर महानगरपालिकाको १९ वटा वडा निर्वाचन क्षेत्र नंं ३ मा पर्दछ ।
फागुन ४ गतेदेखि हुने दलको आमसभा तथा औपचारिक भेटघाटले मतदातामा उत्साह जगाउने तयारी पार्टीले गरेको छ । अहिलेसम्म अनौपचारिक रुपमा मतदातको घरघरमा पुगेर अनुुरोध गर्दा उत्साह जाग्न सकेको पाइदैन । भरतपुर २५ का स्थानीय नारायण देवकेटाले भन्नुभयो, “अहिलेनै यो पार्टीले जित्ने भन्ने अनुमान लगाउन सक्ने अवस्था छैन । लामो समयदेखि आफ्नै पार्टीमा मत हाल्न नपाएका मतदाता छन् । रोजेको उम्मेदवार अहिले खोज्ने मतदाता पनि रहेको छ ।”
एमाले र कांग्रेस पार्टीले १२ वर्षपछि यो निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारलाई पार्टीको निवाृचन चिन्हमा मत हाल्न पाउने भएका छन् । तर अर्कै पार्टीको चुनाव चिन्हमा मत हाल्ने वानी परेका र नयाँ युवा मतदातालाई पार्टी प्रति प्रतिवद्ध हुनु पर्छ भन्ने भावना सिर्जना गर्न भने चुनौती थपिएको छ ।
वीरेन्द्र क्याम्पसका प्राध्यापक कृष्णप्रसाद पौडेलले भन्नुभयो, “विगतका जस्तो परिवारका अभिभावक जुन पार्टीमा हो त्यही पार्टीमा सन्तानले मत हाल्ने अवस्था अहिले छैन । सामाजिक सञ्जालमा रमाउने, देश विदेशका राजनीतिक घटना प्रति जानकार युवालाई नियन्त्रण गरेर भोट हाल्न लगाउन कठिन छ । ”
उम्मेदवारले वोलेका सत्य कुरा, झुटा सवै अहिलेका मतदाताले क्षण भरमा पत्ता लगाएर विश्लेषण गर्न सक्ने भएकाले परिणाम यही हुन्छ भन्न सकिने अवस्था नरहेको उहाँ बताउनुहन्छ । पार्टीका कमजोर मतदाता, आर्थिक अवस्था कमजोर भएका वर्ग, प्रभावित हुन सक्ने वर्गलाई जुन पार्टीले आफ्नो पक्षमा पार्न सक्छन त्यही पार्टीले आफ्नो पक्षमा परिणाम ल्याउन सक्ने स्थानीयको भनाइ छ ।
यस निर्वाचन क्षेत्रमा गत चुनावमा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनु भएको थियो । यस पटक नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ,नेकपा (एमाले)बाट शंकर थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल, रास्वपाबाट सोविता गौतम प्रतिस्पर्धामा रहनु भएको छ । यस अगाडि निर्वाचन पाण्डे आफू नउठेर अर्को उमेदवार बनाउदा प्रतिस्पर्धा कमजोर हुने स्थानीयको भनाइ छ । चितवन जिल्ला निर्वाचन क्षेत्र ३ मा अन्तिम मतदाताको सङ्ख्या एक लाख ५५ हजार ३०९ जना रहेको छ ।