डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने
ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।
आचारसंहिताविपरीत राखिएका तोरण र झण्डा हटाइयो
सुनसरीमा निर्वाचन प्रचारप्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदवारले सार्वजनिक स्थानमा राखिएका तोरण, ब्यानर, झण्डा निर्वाचन आचारसंहिता अनुगमन समितिले हटाएको छ ।
स्याङ्जामा गठबन्धनले गरे सामूहिक प्रतिबद्धता
वाम लोकतान्त्रिक गठबन्धन स्याङ्जाले मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।
चुनावी प्रतिबद्धतापत्र : भौतिक पूर्वाधार प्राथमिकतामा
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका उम्मेदवारले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गर्दै घरदैलो गरिरहनुभएको छ । उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग स्थापना, रोजगारलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा
निर्वाचन आयोगले मङ्सिर ४ काे प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ ।
कैलाली – ३ मा तीन दलका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन नजिकिरहेका बेला सबै दलका उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।
मतदाताका माग पूरा गर्ने प्रतिबद्धता
मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी गाउँबस्तीमा चुनावी सरगर्मी छ । उम्मेदवार सबै आ–आफ्नो तरिकाले मतदातालाई भेट्न व्यस्त छन् । मतदाताहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, खेलमैदान, विद्युत, पूर्वाधारसँग सम्बन्धित विषयमा मतदाताले उम्मेदवारसँग माग राखेका छन् ।
बाँकेमा नौ जनालाई स्पष्टीकरण
बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै नौ जनालाई स्पष्टीकरण सोधिएको छ ।
चुनाव नजिकिँदै गर्दा घरदैलोमा दलहरुको तीव्रता
मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस
ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
कर्मचारीलक्षित नमुना मतदान अभ्यास
प्रतिनिधसभा र प्रदेशसभा सदस्यकाे निर्वाचनमा मत बदरको सङ्ख्या घटाउने उद्देश्यले पूर्वी नवलपरासीका आठ वटै पालिकाहरुमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । अघिल्ला निर्वाचनहरु भन्दा यसपटक फरक ढङ्गको मतपत्र रहेको हुँदा मतदातालाई मतदान प्रक्रिया सिकाउन नमुना मतदान गरिएको हो ।
मतदाता भन्छन् : खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत
रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बन्नुभएको छ ।
तीन दिन नेपाल भारत जमुनाहा नाका पूर्णरुपमा बन्द हुने
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको सीमा नाका तीन दिन पुर्ण रुपमा बन्द गरिने भएको छ ।
मतदातासँग भोट माग्न व्यस्त उम्मेदवारहरू [फोटो फिचर]
काठमाडौं, कात्तिक २८ गते । हलो जोतेर भोट माग्दै उम्मेवार थापा : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । मतदातासँग भेटघाट गर्दै उम्मेदवार : रामपुर नगरपालिका–८ स्थित भुजातमा मतदातासँग भेटघाट गर्दै पाल्पा क्षेत्र नं १ ‘१’ का प्रदेशसभा सदस्यका उम्मेदवार श्यामकान्त खनाल । एमाले अध्यक्ष ओली : नेकपा (एमाले) द्वारा सुर्खेतको वीरेन्द्रनगर–६, घण्टाघरमा आयोजना गरिएको चुनावी सभामा सम्बोधन गर्न वीरेन्द्रनगर आउनुभएका पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली । मन्त्री कार्की – जनगुनासो सुन्दै : सुनसरीको इनरुवा–४ मा चुनावी घरदैलो कार्यक्रममा आइतबार स्थानीयको गुनासो सुन्दै सञ्चार तथा सूचनाप्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की । कोणसभामा उम्मेदवार गुरुङ : स्याङ्जाको गल्याङमा आयोजित घरदैलो तथा कोणसभामा प्रतिबद्धता जनाउनुहुँदै काँग्रेसका केन्द्रीय उपसभापति एवं स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ । घरदैलो कार्यक्रम : झापा क्षेत्र नं ५, प्रदेशसभा २ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गगन पुरी मतदातासँग मत माग्न घरदैलो जानुहुँदै ।घरदैलोमा पूर्व अर्थमन्त्री पाण्डे : चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे घरदैलोका क्रममा रत्ननगर नगरपालिका–१० का मतदातासँग भोट माग्दै । मतदातासँग मत माग्दै उम्मेदवार थापा : मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिरः रासस
उम्मेदवारको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि कारबाही हुन्छ: निर्वाचन आयुक्त भण्डारी
निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष-विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चेतावनी दिनुभएको छ । उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो ।
अघिल्लो निर्वाचनका प्रतिस्पर्धीको भरमा झलनाथ खनाल
नेपाली काँग्रेस इलामका पुराना नेता भूपेन्द्र कट्टेल यतिबेला झलनाथ खनाललाई भोट माग्दै हिँडिरहनुभएको छ । खनाल जताजता चुनावी सभामा पुग्नु हुन्छ कट्टेल पनि तीनै सभामा पुगेर झलनाथ खनाललाई नै किन भोट दिने भनेर मतदातालाई आश्वस्त पारिरहनु भएको हुन्छ ।
उपत्यकाको चासो भक्तपुरमा
आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्दा नेमकिपासँग अन्य दलको प्रतिस्पर्धा कमजोर हुने देखिएको छ। प्रतिस्पर्धी सबै दलले पाएको मत एकै ठाउँमा हाल्दा पनि नेमकिपाको मत धेरै हुने देखिन्छ। भक्तपुर निर्वाचन क्षेत्र नं. १ को भूगोल भक्तपुर नगरपालिका र चाँगुनारायण नगपालिकाको सबै भूभाग पर्छ।
सीमा समस्यादेखि धुलाम्मे सडकसम्मका मुद्दा
कञ्चनपुर भीमदत्त नगरपालिका–४ की स्थानीयवासी ललितादेवी भटट वर्षमा दुई पटक स्वास्थ्योपचारका लागि भारत जानुपर्छ। तर, आवतजावत गर्दा प्रायः सबै भारतीय सुरक्षाकर्मीको अनावश्यक ज्यादतीको झमेला भोग्नुपर्छ। यस पटकको निर्वाचनमा सीमावर्ती बजारदेखि दिल्लीसम्म जाँदा भोग्नुपर्ने झन्झटको कूटनीतिक समाधान निकाल्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा उहाँ हुनुहुन्छ। उहाँले भन्नुभयो, “हरेक उम्मेदवारलाई मैले भारत आवतजावत गर्दा नेपालीले पाउने सास्ती अन्त्य हुन्छ कि हुँदैन भनेर सोध्ने गरेकी छु। मलाई चित्त बुझ्ने उत्तर दिने उम्मेदवारलाई भोट हाल्छु।”
मल र बीउ उपलब्ध गराउनेलाई मत : मर्चवारवासी
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् ।
यी हुन पाँचथरवासीले उम्मेदवारसँग गरेका मागहरू
जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।
राजनीतिक दलका घोषणापत्रमा तीन तहको सम्बन्ध
आगामी मङसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेका राजनीतिक दलहरूले तीनै तहको सम्बन्धलाई सुमधुर बनाउनका लागि अन्तरप्रदेश परिषद र प्रदेश समन्वय परिषदलाई प्रभावकारी बनाउने घोषणा गरेका छन। दलहरूले प्रदेश तहलाई विकास निर्माणको सहजकर्ता र स्थानीय तहलाई सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरेका छन।
इलाममा निर्वाचन सुरक्षा तयारी पुरा
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि इलाममा सुरक्षा तयारी पुरा भएको छ । जिल्लामा एकीकृत जिल्ला सुरक्षा योजना तयार गरी निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।
कपिलवस्तु–१ मा बलदेव र बलरामबीच रस्साकस्सी
कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ चुनावी माहोलले तातेको छ। उम्मेदवारहरू नयाँ एजेन्डासहित मतदाता रिझाउन घरदैलो कार्यक्रममा व्यस्त छन। यस पटक कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणि खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री खनाल र नेकपा (एमाले) नेता अधिकारीबीचको रस्साकस्सीले कपिलवस्तुको चुनावी माहोललाई थप रोचक बनाएको हो। मङसिर ४ गते हुने निर्वाचनमा आमन–सामने भिडन्तका लागि तत्पर रहेका खनाल र अधिकारी अघिल्लो निर्वाचनमा साझेदार सहकर्मीका रूपमा हुनुहुन्थ्यो।
निर्वाचनलाई मर्यादित बनाउन आयोग सक्रिय
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभाको यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभएको छ। निर्वाचन आयोगले यस पटकदेखि निर्वाचन हुने दिनभन्दा ४८ घण्टाअघिको अवधिलाई मौन अवधि नभनी प्रचारप्रसार गर्न नपाउने अवधि भनेको छ।