संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा पुनः तालाबन्दी भएको छ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय पदाधिकारी एवं कर्मचारीले सहमतिका नाममा संस्थाको गरिमालाई आँच पुग्नेगरी सहमति गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
कागेश्वरी मनोहरा, नगरपालिका वडा नं. १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, काठमाडौँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै
वि.सं. २०४० सालमा आठ सय ६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मत सम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ ।
नब्बे वर्षीय डाँगीलाई विद्यालय जान उमेरले छेकेन
तुलसीपुर (दाङ), भदौ ५ गते । पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उहाँमा पढाइको भोक मरेन र अहिले उहाँ दैनिक विद्यालय जानुहुन्छ । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका बालबालिकासँग बित्छ । उहाँले पनातिसमेत देखिसक्नुभएको छ, तिनै पनातिजस्ता उमेरका विद्यार्थीसँग उहाँ कक्षा १ मा पढ्न थाल्नुभएको छ । चालु शैक्षिकसत्रदेखि उहाँले कक्षा १ को पढाइ सुरु गर्नुभएको हो । सोही वडाको वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा उहाँ पढ्न थाल्नुभएको छ । उहाँ पढ्नकै लागि भमकेबाट एक घण्टा पैदल हिँडेर भ्यूडहर सुनपुर पुग्नुहुन्छ । “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन्”, उहाँले भन्नुभयो, “बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”घरमा पनि उहाँ नातिहरूसँग बस्दै आउनुभएको छ । उहाँकी श्रीमतीको विसं २०३२ मा निधन भयो । त्यसपछि उहाँ एकलरूपमा घरमा बस्दै आउनुभएको थियो । उहाँको जेठो छोराको पनि निधन भएपछि अहिले नातिसँग बस्दै आउनुभएको छ । नाति आफ्नो काममा व्यस्त हुने भएकाले घरमा एक्लै बस्नुभन्दा विद्यालय जान थालेको उहाँको भनाइ छ । उहाँले आफू बाँच्दासम्म पढिरहने बताउनुभयो । “सानोमा पढ्न नपाए पनि मेरो पढ्ने चाहना धेरै थियो”, उहाँले भन्नुभयो, “जे भए पनि मर्ने बेला केही अक्षर सिकेर मरौँ भन्ने मेरो चाहना हो ।”उहाँ पढ्नमा पनि त्यति कमजोर हुनुहुन्न । कक्षा शिक्षक राजेन्द्रकुमार शर्माका अनुसार कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तै हुने भएकाले किताबमा भनेअनुसार लेख्न सक्ने भएको बताउनुभयो । “परिपक्व दिमाग भएर पनि होला, कक्षा १ को किताब अभ्यास पुस्तिकाजस्तो हुन्छ”, उहाँले भन्नुभयो, “त्यो पुस्तिकाअनुसार उहाँले लेख्न सक्नुहुन्छ ।” अङ्ग्रेजी अलि गाह्रो लाग्ने गरे पनि नेपाली भाषाका सबै किताबमा उहाँले राम्रोसँग पढ्न सकेको बताउनुभयो । उहाँजस्तो उमेरमा व्यक्ति विद्यालयमा पढ्न आउनुले समाजमा पढाइको महत्व झल्काएको विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले बताउनुभयो । “उहाँ सुरुमा आउँदा अच्चम्म पनि लागेको थियो, तै पनि कक्षा १ मा भर्ना गर्यौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँ आउँदा मान्छे बूढो भए पनि पढाइ बूढो हुँदैन भन्ने एउटा उदाहरण बन्नुभएको छ ।”विद्यालयले उहाँलाई सम्मान गर्ने योजना बनाएको समेत प्रअ घर्तीले बताउनुभयो । उहाँ विद्यालयको गहना भएकाले सम्मान पनि गर्ने र नियमित विद्यालय आउँदा विद्यालय पोशाक लगाउनुपर्ने भएकाले विद्यालय पोशाक पनि किनिदिने योजना बनाएको बताउनुभयो । रासस
विजय स्मारकमा अनियमितता भएको दाबी
डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयले गरेको खर्चमा विद्यालय प्रशासन र व्यवस्थापन समिति (विव्यस) बिच विवाद देखिएको छ। दुवै पक्ष एकअर्काको आरोप प्रत्यारोपमा उत्रेका छन्। विद्यालयको सामाजिक परीक्षण समितिको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन देखाउँदै विव्यसले विद्यालयका प्रधानाध्यापककै संलग्नतामा अनियमितता भएको आरोप लगाएको छ। सामाजिक परीक्षण समितिका संयोजक ईश्वर ज्ञवालीले काम नै नभएको शीर्षकमा पनि नक्कली बिल पेस गरेर विद्यालयले रकम खर्च गरेको दाबी गर्नुभयो।
प्राविधिक शिक्षालय सञ्चालक १० दिनदेखि धर्नामा
चिकित्सा शिक्षासँग सम्बन्धित समस्या समाधानको माग गर्दै निजी प्राविधिक शिक्षालय सञ्चालकहरू १० दिनदेखि धर्नामा बसेका छन् ।
शिक्षा मन्त्रीलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको ध्यानाकर्षण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संगठनहले प्रस्तावित शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।
प्राविधिक शिक्षामा जोड दिँदै पुतलीबजार नगरपालिका
पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा(सिभील सव-इन्जिनियर) पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने
यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ ।