• ११ पुस २०८१, बिहिबार

विद्यालयमा अतिरिक्त कक्षा

blog

कालीकोट समाचारदाता

कालीकोट, जेठ ३ गते । सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि केही विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेका छन्। वार्षिक परीक्षामा कमजोर नतिजा आएपछि तिलागुफा नगरपालिका केही विद्यालयले सिकाइ उपलब्धि बढाउन अतिरिक्त कक्षा सञ्चालन गर्न लागेका हुन्। वडा नं. ४ को कालिका माध्यमिक विद्यालय राँचुलीले कक्षा ३, ४ र ५ का विद्यार्थीलाई अतिरिक्त पठनपाठन गराउँदै आएको छ। विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले विद्यालयको परीक्षाफल खस्किँदो आउन थालेपछि थप कक्षा सञ्चालन गर्नु परेको बताउनुभयो। 

वडा नं. ५ को कालिका माध्यमिक विद्यालय खल्लाले पनि अतिरिक्त कक्षा सञ्चालन गरेको छ। विद्यालयका प्रधानाध्यापक देवीभक्त न्यौपानेका अनुसार नगरपालिकाले दरबन्दी मिलान र विषयक शिक्षकको व्यवस्थापन गर्छु भन्दा भन्दै एक वर्ष बितेको छ। अझै पनि शिक्षक व्यवस्थापन नभएपछि अतिरिक्त कक्षा सञ्चालन गरेर पाठ्यव्रmम पूरा गर्नु परेको छ। अघिल्लो वर्षको पढाइ कमजोर भएर कक्षा ८ को नतिजासँगै समग्र नतिजा खस्केपछि सो विद्यालयले अतिरिक्त कक्षा थालेको हो।