ललितपुर महानगरका विद्यालयमा सडक सुरक्षा र सवारीबारेमा पढाइ हुने
ललितपुर महानगर भित्रका विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ ।
परिवर्तनलाई उल्ट्याउने कसरत जारी तर चिन्तित हुनुपर्दैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
सरकार सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्यमा रहेको बतउनुभएको छ ।
अझै पुनर्निर्माण हुन सकेनन् विद्यालय भवन
भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन्। भारत सरकारद्वारा गत २०७७ चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँको लागतमा केही विद्यालय पुनर्निर्माण भएका छन्। बन्दाबन्दीको समयमा पनि धमाधम पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये भीम मावि दोलखा, कालीढुङ्गा मावि मिर्गे र गुप्तेश्वर मावि मालु मात्र सम्पन्न भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो।
स्ववियु निर्वाचन : उपत्यकाका ठूला क्याम्पसमा तीन विद्यार्थी सङ्गठनको भागबण्डा
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् ।
स्थानीय पाठ्यक्रम निर्माण गर्दै इस्मा गाउँपालिका
गुल्मीको इस्मा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि यस गाउँपालिकाले पहिलो चरणको बैठक सम्पन्न गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कँवरले जानकारी दिनुभयो ।
स्ववियु निर्वाचन : कतै निर्विरोध, कतै स्थगित
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सहभागी हुन विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा समेत चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका हुन् तर आङ्गिकमध्ये त्रि–चन्द्र, आयुर्वेद र पृथ्वीनारायण क्याम्पसमा भने विद्यार्थी सङ्गठनको आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन नसकेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको छ । त्यहाँ विद्यार्थी भर्नासम्बन्धी विवाद देखिएको छ । त्यस्तै प्रकृतिको समस्या रहेको रत्नराज्यलक्ष्मी र नेपाल कमर्स क्याम्पसमा भने समस्या समाधान गर्ने प्रयास भइरहेको निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।
कालीकोटमा २१ परीक्षा केन्द्र निर्धारण
कालीकोट जिल्लामा यस पालिकाको एसइई परीक्षाका लागि २१ केन्द्र निर्धारण गरिएको छ । एउटा मात्र परीक्षा केन्द्र रहेको शुभकालीका गाउँपालिकामा यसपालि एक परीक्षा केन्द्र थपेर २१ केन्द्र बनाइएको हो ।
धनकुटामा स्वामी बिबेकानन्द ज्ञान परीक्षा
धार्मिक संस्कृति सम्बन्धी ज्ञान बढाउने उद्येश्यले धनकुटामा स्वामी बिबेकानन्द ज्ञान परीक्षा आयोजना गरिएको छ ।
उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्छ : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उच्च शिक्षासम्म सूचना प्रविधिको अध्ययन अनिवार्य गरिनुपर्ने बताउनुभएको छ ।
ताप्लेजुङबाट एसइईमा दुई हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै
आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।
स्ववियु निर्वाचन आचारसंहिता : पोस्टर टाँस्न नपाइने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ्रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता जारी गरेको छ ।
विद्यालयलाई सहयोग सङ्कलन
सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय सरकारी योजनाले भन्दा पनि फागुलगायतका चाडबाडले यस्तो बनेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार यो विद्यालयका शिक्षकलाई फागु आएपछि मात्रै तलब खुवाउने गरिएको छ। किनकि फागु खेलेर सहयोग सङ्कलन गरी शिक्षकको तलब सुविधा भुक्तानी गरिन्छ। यो वर्ष फागु खेलेर एक लाख ७५ हजार रुपियाँ सङ्कलन गरिएको छ।
शैक्षिक सुधार योजना अलपत्र
कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि थालेका कार्यक्रम अलपत्र परेका छन्। चालू आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक शिक्षा सुधारका लागि प्रदेश सरकारले विभिन्न योजना अघि सारेको थियो तर आर्थिक वर्षको आधा अवधि सकिँदासम्म योजना कार्यान्वयनमा भने उल्लेख्य प्रगति हुन सकेको छैन।
‘एक वडा, एक नमुना विद्यालय’
घोराही उपमहानगरपालिकाले शैक्षिक सुधार लागि ‘एक वडा, एक नमुना विद्यालय’ कार्यक्रम अघि बढाउन थालेको छ। उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमुना विद्यालयका रूपमा अघि बढाउन थालेको हो।
खुले ढोरपाटनका विद्यालय
अत्यधिक चिसो बढेपछि करिब एक महिना बन्द भएका बागलुङको ढोरपाटन नगरपालिका–९, ढोरपाटन उपत्यकाका विद्यालय पुनः सञ्चालनमा आएका छन्। जाडो छल्न बेँसी झरेका बालबालिका गर्मी मौसमको सुरुवातसँगै ढोरपाटन उक्लेपछि विद्यालय सञ्चालन गरिएको हो। गत पुस १८ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन्।
निःशुल्क अनिवार्य शिक्षा लागू
काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ।
खानी इन्जिनियरिङको अध्यापन हुने
काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने खानीसम्बन्धी इन्जिनियरिङ विषयको अध्यापन थाल्ने भएको छ। देशभित्र खानी इन्जिनियरको अभाव हुँदै गएपछि विश्वविद्यालयले नेपालमा नै पहिलो पटक स्नातक तहमा भू–विज्ञान तथा माइनिङ इन्जिनियरिङ (खानी इन्जिनियर)को अध्यापन गर्ने तयारी गरेको हो।
आयोगद्वारा विभिन्न कलेजलाई एमबीबीएस कोटा निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ।
एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी
अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ । कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् ।
स्ववियु निर्वाचन : सभापति पदका लागि नौ जनाको प्रतिस्पर्धा
आगामी चैत ३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिम विश्वविद्यालय (स्ववियु निर्वाचन)का लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
प्राविधिक शिक्षालय स्थापना गरिँदै
कीर्तिपुर नगरपालिकाले आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । नगरपालिकाको वडा नं. ९ मा गणेशमान सिंह प्राविधिक शिक्षा अध्ययन केन्द्र स्थापना गरी उक्त केन्द्रमा प्राविधिक शिक्षा पठनपाठन गराउन लागेको हो । प्राविधिक शिक्षालयमा अटोमोबाइल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ तीनवर्षे डिप्लोमा कोर्स सञ्चालन गरिनेछ । नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरपालिकाको आफ्नै लगानीमा प्राविधिक शिक्षालय स्थापना गरी पठनपाठन गराउन लागिएको जानकारी दिनुभयो ।
शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होम खनाल
नेपाल शिक्षक सङ्घ पाँचथरको अध्यक्षमा होमप्रसाद खनाल निर्विरोध निर्वाचित हुनुभएको छ। निलगिरि मावि सुभाङका प्रधानाध्यापक खनाल आइतबार फिदिममा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो।
कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।