एसइईपछिको व्यावहारिक ज्ञान
हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो । यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि यो केटाकेटी नै छे, सानै छे, केही जान्दिन, पछि सिकिहाल्छे नि भन्नुहुन्छ । उहाँहरूले नै त्यति भनेपछि आफूलाई झनै केटाकेटी बन्न मन लाग्ने रहेछ । लाडिन, अझै माया पाउन र मीठो मसिनो खाइरहन मन लाग्ने रहेछ !
शिक्षा मन्त्रालयमा शासकीय सुधार एकाइ
नागरिकका गुनासो छिटो सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शासकीय सुधार एकाइ गठन गरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा सहसचिव सुमन घिमिरेको नेतृत्वमा गठन गरिएको एकाइको सदस्यहरूमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शासकीय सुधार हेर्ने उपमहानिर्देशक, आर्थिक प्रशासन शाखा, योजना तथा बजेट शाखा र कानुन तथा फैसला कार्यान्वयन शाखाका प्रमुख सदस्य रहने मन्त्रालयले जनाएको छ ।
नरहरिनाथमा १७ विद्यालय समायोजन
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले लामो प्रयासपछि गाउँपालिका भित्रका १७ विद्यालय समायोजन गरेको छ । २०७४ सालको स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन २०८१ मा आएर कार्यान्वयन भएको छ ।
तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल
तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरु ध्यान मुद्रामा रहेका छन् ।
छत्रकोटको स्थानीय पाठ्यक्रम सार्वजनिक
गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । यस गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, रीतिरिवाज, चालचलन, पेसा व्यवसाय, इतिहासदेखि हालसम्मको विकासक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको पाठ्यक्रम सार्वजनिक गरिएको हो ।
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ
पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।
विद्यार्थीलाई शैक्षिक सामग्री
गुल्मीको एक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७, भुजेलखर्कस्थित सृजना प्राथमिक विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
पाँच कक्षापछि पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका
बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनुभयो ।
जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक-दीर्घमा पुगे...
काठमाडौँको न्यु होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् ।
काँचुली फेरियो केशर महलको
उपत्यकाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू तस्बिर तथा भिडियो खिच्नका लागि सुन्दर गन्तव्यस्थलको खोजीमा हुनुहुन्छ ? काठमाडौँ सहरको मध्य भागमा नयाँ भव्य गन्तव्यस्थल तयार भएको छ । त्यहाँ गई निःशुल्क थरी थरीका तस्बिर र भिडियो मज्जाले खिच्न पाइने छ । हो, केशर महलको पुनर्निर्माण पूरा भएको छ । यसको स्वरूप परिवर्तन भएर भव्य, सुन्दर र आकर्षक बनेको छ । त्यहाँ पुग्ने जोकोहीले पनि तस्बिर नखिची फर्किंदैनन् ।
विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण
गोरखा नगरपालिका-८ सरस्वती मावि आहालेमा विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शैक्षिक अवस्था सुधार्न साझा सङ्कल्प
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न साझा सङ्कल्प गरेको छ । सामुदायिक विद्यालयको खस्कँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी बृहत् शैक्षिक सम्मेलनको आयोजना गर्दै गाउँपालिकाले हालको शैक्षिक अवस्थालाई सुधार्न साझा सङ्कल्प गरेको हो ।
कक्षा १० पछि तालिम अनिवार्य
सरकारले कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई दुईमहिने जीवनोपयोगी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको १६ औँ योजना अनुसार लक्ष्य प्राप्तिका लागि शिक्षामा लगानी बढाउँदै लैजाने उल्लेख गरेको छ । विद्यालय शिक्षालाई सिपमूलक बनाउन यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यस कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई दुईमहिना (आठ हप्ता) अवधिको तालिम दिइने छ । जस अन्तर्गत प्रतिकारात्मक स्वास्थ्य, सन्तुलित भोजन, पाककला, प्राथमिक उपचार, सवारी अनुमति तथा सवारी नियम, आत्मसुरक्षा तथा अनुशासन, कार्यक्षेत्र सुरक्षा, यौन दुव्र्यवहार, राष्ट्रप्रेम, स्वयंसेवा र योग, ध्यान तथा कलालगायतका व्यावहारिक विषय समावेश गरिने छ ।
गर्मी बढेसँगै कैलालीका थप विद्यालय बन्द गरिँदै
अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि कैलालीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् ।
हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित
बाजुरामा शुक्रबार चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।
त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
सरकारले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौँ उपत्यकाभित्र रहेका जग्गा तथा चलअचल सम्पत्तिको खोजी गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ ।
नेपालगन्जका विद्यालय असार ७ गतेसम्म बन्द
नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।
गर्मी बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द
अत्यधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।
दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दलित समन्वय समितिले रतुवामाई नगरपालिकाले सरकारी विद्यालयमा अध्ययन गरिरहेका बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय बन्द
सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयहरूमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाले सूचना जारी गरेर एक साताका लागि विद्यालयमा बिदा दिएको जानकारी गराएको हो ।
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
धनगढीका विद्यालयलाई एक हप्ता बिदा
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभरिका विद्यालयमा एक हप्ता बिदा दिएको छ । गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै पठनपाठनमा समस्या भएपछि उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म नगर क्षेत्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिएको हो ।
कक्षा कटौती भएपछि टाढाका विद्यार्थीलाई छात्रावास
कक्षा कटौती भएपछि गाउँपालिकाले टाढाका विद्यार्थीका लागि छात्रावास सञ्चालन गरेको छ ।
गर्मी बढेपछि विद्यालय बन्द
अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि सर्लाहीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् ।