काठमाडौँको कमलपोखरीस्थित प्राइम लोकेसनमा रहेको किस्ट कलेज करिब ३० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको शैक्षिक संस्था हो । यो कलेजमा विज्ञानमा २८० जना र व्यवस्थापनमा १४० जनाको कोटा छ । उत्कृष्ट शैक्षिक वातावरण दिइने यो कलेजमा हरेक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थीले अध्ययन गर्न सक्छन् ।
गत वर्षको परीक्षाको नतिजा हेर्ने हो भने यहाँ अध्ययन गरेका ९९.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथा ७५ प्रतिशत विद्यार्थीले ए प्लस वा ए ग्रेड ल्याएर पास भएका छन् । यहाँ प्लस टुसँगै स्नातक र स्नातकोत्तर कार्यक्रममा गरी एक हजार छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
किस्ट कलेजको उत्कृष्टताको एउटा प्रमाण भनेको प्लस टुमा यहाँ अध्ययन गरेका विद्यार्थीले उच्च तहको अध्ययनका लागि विषय उपलब्ध भएमा यही कलेज रोजाइमा पर्नु पनि हो । धेरै विद्यार्थी प्लस टुदेखि स्नातकोत्तरसम्म यही कलेजमा अध्ययन गर्न चाहन्छन् । यो यहाँको उपयुक्त शैक्षिक वातावरण, अतिरिक्त शैक्षिक क्रियाकलाप तथा शिक्षण सिकाइका लागि अवलम्बन गरिएका तरिकाका कारण सम्भव भएको हो ।
विद्यार्थीको रुचि, क्षमता, इच्छाशक्ति आदिलाई बुझेर उनीहरूको प्रतिभा बाहिर ल्याउन कलेजले स्थापनाकालदेखि नै विभिन्न शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । कलेजले निकाल्ने वार्षिक शैक्षिक क्यालेन्डर छ । सोही अनुसार कलेजका हरेक गतिविधि निर्धारित हुन्छन् । कलेजमा भर्ना भएपछि कहिले परीक्षा हुन्छ ? कहिले नतिजा आउँछ ? तयारीको समय पुग्छ कि पुग्दैन जस्ता द्विविधा हुँदैन ।
कलेजले शैक्षिक क्रियाकलापसँगै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा जोड दिने गरिएको छ । यसले विद्यार्थी कलेजभित्र आन्तरिक प्रतिस्पर्धा र कलेजबाहिर पनि अन्तरकलेज प्रतिस्पर्धामा राम्रो नतिजा ल्याउन सफल भएका छन् ।