चिकित्सा शिक्षामा सैनिक महाविद्यालय उत्कृष्ट
त्रिभुवन विश्व विद्यालयअन्तर्गत चिकित्सा शिक्षा तथा नर्सिङ शिक्षातर्फ नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकालेको छ।
रिजल्टमा धाँधली गर्ने पाँच जना पक्राउ
बाँकेको कोहलपुरमा कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति
छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्धित विषयमै भर्ना दिने निर्णयको पत्र मङ्गलबार सरकारलाई पठाएको हो । चिकित्सा शिक्षा पढ्न बङ्गलादेश जान नेपाल सरकारबाट १९ जना एमबिबिएस र तीन जना बिडिएस गरी २२ जनाको नाम बङ्गलादेशमा सिफारिस गरिएको थियो ।
राजीनामा स्वीकृत भएपछि पनि प्रअको जिम्मेवारी तोकियो
झापाको कमल गाउँपालिका वडा नं. ६ मा रहेको श्री वाणी माध्यमिक विद्यालयको प्रधानाध्यापक सम्बन्धीको विवादमा गाउँपालिकाले हस्तक्षेपकारी भूमिका खेल्दै व्यवस्थापन समितिलाई राजीनामा दिएका प्रधानाध्यापकलाई नै फेरी निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेको छ ।
वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर
बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो । गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति कोटा वितरणमा मनपरी हुन लागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले छानेका विद्यार्थीलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउन नेपालस्थित बङ्गलादेशी दूतावासलाई आग्रह गरेको थियो । यस घटनाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी तथा मित्रराष्ट्रहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा अझै पनि पहुँचको भरमा वितरण हुने गरेको उजागर गरेको छ ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन
पोखरा महानगरपालिका-३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ ।
वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?
“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्षज्यू” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीसमक्ष गरेकी हुन् ।
‘संस्कार शिक्षा’ पढाउँदै अर्जुनचौपारी गाउँपालिका
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु गरेको छ ।
सीमान्तकृत समुदायलाई शिक्षामा सहभागी गराउन घरदैलो कार्यक्रम
दलित तथा सीमान्तकृत समुदायका बालबालिकाहरुलाई शिक्षामा सहभागी गराउन श्री राष्ट्रिय प्राथमिक विद्यालय, तुलसियाही, जवदीका शिक्षकशिक्षीकाहरुले घरदैलो अभियान सुरु गरेका छन् ।
डा.पुनद्वारा विद्यालयलाई कम्प्युटर सहयोग
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ ।
अटिजम भएकालाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक : मन्त्री श्रेष्ठ
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताउनुभएको छ । आइतबार माइतीघर मण्डलामा पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएको नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँको मागलाई ऐक्यबद्धता जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन
तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयकाे नवनिर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ ।
विद्यार्थी अभावमा विद्यालय समायोजन
विद्यार्थी सङ्ख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रित्तो हुन थालेपछि अछामको पञ्चदेवल विनायक नगरपालिकाले विद्यालय खारेज तथा समायोजन गर्न थालेको छ । सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ ।
वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङले आफूले पाउने सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’ प्रदान गर्नुभएको छ ।
भगिनीसम्बन्धले फेरियो विद्यालयको मुहार
तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई विद्यालयबिचको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको छ ।
पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति
पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने भएको छ ।
पठनमा शुद्धता ल्याउन शिक्षकलाई तालिम
सिद्धार्थनगर नगरपालिकाले विद्यार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको छ । कार्यालयले आधारभूत तहदेखि नै विद्यार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको हो ।
पूर्वाधार बढ्दै, विद्यार्थी सङ्ख्या घट्दै
बाजुरामा विद्यालयका पूर्वाधार बढ्दै गए पनि विद्यार्थीको सङ्ख्या भने बर्सेनि घट्दै गएको छ । गत वर्ष विद्यार्थीले खचाखच भरिएका बाजुरामा अधिकाशं विद्यालयका कक्षा कोठा पछिल्लो समय खाली भएका छन् ।
दुई वटा विद्यालय भवन हस्तान्तरण
चीन सरकारद्वारा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका सिंँगटी र भीमेश्वर नगरपालिका–४ जिलुमा निर्मित भूकम्पप्रतिरोधी विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षक
सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् ।
विद्यालयको जग्गा खाली गर्न चलाइयो डोजर
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ ।
दुई तहका विद्यार्थी एउटै कक्षामा पढाइ
दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।
‘विश्वविद्यालय सुधार गर्न छाता ऐन ल्याउनुपर्ने’
विश्वविद्यालय सुधारका लागि छाता ऐन ल्याउनुपर्नेमा जोड दिइएको छ । अनेरास्ववियुको आयोजनामा भृकुटीमण्डपमा जारी विद्यार्थी महोत्सवको ‘विश्वविद्यालय सुधार किन र कसरी’ भन्ने बहसका वक्ताहरूले विश्वविद्यालय सुधारका लागि समग्र विश्वविद्यालयका लागि एकै छाता ऐन ल्याउनुपर्ने बताए ।
छाना उडाउँदा विद्यार्थीलाई बिचल्ली
हावाहुरीका कारण विद्यालयको छाना उडाएपछि मङ्गलसेन नगरपालिका –१३ बस्तीको एक विद्यालयका विद्यार्थी बिचल्लीमा परेका छन् । बस्तीमा रहेको शिशुसुधार आधारभूत विद्यालयको छाना बुधबार बेलुकी आएको हावाहुरीले छाना उडाएपछि समस्या भएको छ ।