• १२ असोज २०८१, शनिबार

एघार सय शिक्षकले बुझाए दल त्यागको निवेदन

blog

कोकिला ढकाल

इलाम, असार १० गते । शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एक सय शिक्षकले आफूहरू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् । 

मन्त्रालयको निर्देशनअनुसार सामुदायिक विद्यालयको शिक्षक पदमा कार्यरत रही कुनै पनि दलको सदस्यता रहेका, कार्यकारिणी समितिमा रहेका महाधिवेशन प्रतिनिधि रहेका शिक्षकलाई कानुन बमोजिम कारबाही गर्न सूचना गरेको थियो । 

सूचनाअनुसार शिक्षकहरूले कुनै पनि दल र दलको पद त्याग गरेको निवेदन दर्ता गराएको इलामस्थित शिक्षा विकास तथा समन्वय प्रमुख डम्बरबहादुर सुवेदीले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा दुई हजार दुईसय ८२ शिक्षक दरबन्दी रहेकामा दुई हजार दुईसय ५२ कार्यरत छन् ।