ई–सिम कार्ड ल्याउँदै टेलिकम
नेपाल टेलिकमले छिट्टै इम्बेडेड सीम (ई–सिम) कार्ड उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र मोन्टी यूके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको हो ।
धानको उत्पादन वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख १४ गते। अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ। आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो। “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उहाँले भन्नुभयो। मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिनुभयो। “हामीले उन्नत जातको बीउ प्रयोग गर्यौ भने यसै वर्षदेखि कम्तीमा तीनगुणा बढी धान उत्पादन गर्ने देखिन्छ। यो काम गर्न ढिला नगरौँ”, उहाँले भन्नुभयो, “मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन।” उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो। “उन्नत बीउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौँ। थोरै पैसा खर्च गर्दा अर्बौंको चामल आयात घटाउन सकिने देखिएको छ”, अर्थमन्त्री शर्माले भन्नुभयो। छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बीउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी गुणस्तरीय बीउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो। धानको उत्पादकत्व औसतमा ३।५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिँदै उहाँले उन्नत जातको बीउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने बताउनुभयो। कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग छलफल गरिएको थियो। रासस
झापामा भित्रियो चारचक्के ‘राइस ट्रन्सप्लान्टर मेसिन’
विष्णुप्रसाद पोखरेलदमक, वैशाख १४ गते। कृषिमा आधुनिकरण तथा व्यवसायीक धान खेतीको विस्तार गर्ने उद्देश्यले झापामा पहिलो पटक चारचक्के ‘राइस ट्रान्सप्लान्टर मेसिन’ चित्रिएको छ। यो पहिला प्रयोग गरिदै आएको तीन चक्के राइस ट्रान्सप्लान्टर मेसिन भन्दा धेरै सहज तथा उपयोगी हुने बताइएको छ। पछिल्लो समय झापामा किसानले ‘राइस ट्रान्सप्लान्टर’ मेसिनबाट धान रोप्दै आएका छन्। मेसिनको सहायताले धान रोप्दा समय र जनशक्ति लागतमा कमी आउने भएकाले कृषक यसतर्फ आकर्षित भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजन कार्यान्वय इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो।चारचक्के राइस ट्रान्सप्लान्टर मेसिन केही सहकारी संस्थाको अनुदानमा उपलब्ध गराइएको उहाँको भनाइ छ।
नेप्से परिसूचकमा झिनो सुधार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो ।
विद्युत् महसुल नबुझाउँदा उपमहानगरपालिकाको लाइन काटियो
समयमा विद्युतको महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिकोे सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको हो ।
बजेट छलफल : हुलाकलाई ‘इकमर्स’मा उपयोग गर्न प्रस्ताव
हुलाक कार्यालयलाई अनलाइन व्यापार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित बजेट छलफलका क्रममा मन्त्रालयले त्यस्ता कार्यालयहरूलाई ‘इकमर्स प्लेटफर्म’का रूपमा उपयोग गर्ने प्रस्ताव राखेको हो । त्यस्तै, मन्त्रालयले दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।
दुरुलेकमा पदमार्ग निर्माण
म्याग्दीको मालिका गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल दुरुलेकमा पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने दुरुलेक पुग्न पदमार्ग निर्माण गरिएको हो । चारैतिर हिमालको दृश्यवलोकनसहित पर्यटक पदयात्रा गरेर दुरुलेक पुग्छन् ।
चार सबस्टेसनको निर्माण धमाधम
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका चारवटा सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा २२० केभीका सबस्टेसन तीव्र गतिमा निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नयाँ भरतपुर र उदीपुर सबस्टेसन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने प्राधिकरणको दाबी छ ।
आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने
नेपालले ४.१ प्र्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । एसिया तथा प्रशान्त क्षेत्रका मुलुकको आर्थिक प्रक्षेपण सार्वजनिक गर्दै आईएमएफले सन् २०२२ मा नेपालले सोबराबरको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको हो ।