आन्तरिकतर्फका २१ उडान रद्द
प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका २१ वटा उडान रद्द भएका छन् । आन्तरिक उडानतर्फ शनिबार १६१ उडान तोकिएकामा बिहानैदेखि ‘भिजिबिलिटी’ कम भएपछि उडान रद्द भएका हुन् । आठवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ ।
टेलिकमको ‘आईसीटी डे अफर’
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे)को अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट तथा बोनस उपलब्ध गराउने भएको छ ।
नेपाली सुरक्षा गार्डको तलब बढाउन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिङ्गेट बनाउन प्रस्ताव गर्नुभएको छ । मलेसियाको भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह विन जैनुदिनसँग शनिबार भएको भेटमा यस्तो प्रस्ताव गर्नभएको हो ।
सञ्चालनमा आयो मीरगञ्ज पुल
भारतको बथनाहाको परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ । ग
बाँकेका गार्मेन्ट व्यवसायी पहिलो पटक संगठित
बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग सं, बाँके गठन गरेको छ ।
बढ्यो विद्युतीय कारोबार
कोभिड–१९ महामारीले उद्योग व्यापार लगायतका आर्थिक तथा सामाजिक गतिविधिलाई नकारात्मक असर गरे पनि बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबारलाई विस्तार गर्न सहयोग गरेको छ ।
पन्ध्र ग्यास पसललाई कारबाही
ग्यासको कृत्रिम अभाव गर्ने व्यापारीविरुद्ध कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो साता ग्यास लुकाएको गुनासोका आधारमा अनुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो । कारबाही गरिएकामध्ये आठवटा पसललाई आर्थिक जरिवाना गरिएको अरू ग्यास पसल सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी दिनुभयो ।
हवाई भाडा समान बनाउन आवश्यक
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन पुनरुत्थानका लागि स्वदेशी र विदेशी हवाई यात्रुका लागि समान भाडादर कायम हुनुपर्ने बताउनुभएको छ ।
अतिरिक्त शुल्क हटाउन आग्रह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धिबारे छलफल भएको छ ।