• ६ जेठ २०८१, आइतबार

सञ्चालनमा आयो मीरगञ्ज पुल

blog

विराटनगर, वैशाख १८ गते । भारतको बथनाहाको परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ । गत पुसमा पुरानो पुल भत्किएपछि विराटनगर नाकाबाट प्रवेश गर्ने मालवाहक सवारीसाधनलाई सुनसरीको भान्टाबारीस्थित सेतुबन्ध नाकाबाट रि–रुट गरिँदै आएको छ । यसले गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपियाँ थप व्ययभार बेहोर्दै आएका थिए । 

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले लामो समयदेखि मीरगञ्ज पुलको जीर्णोद्धारका लागि गरिएको पहल सार्थक भएको बताउनुभयो । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको सङ्घका अध्यक्ष रिजालले जानकारी दिनुभयो । यो पुल सञ्चालनमा आएसँगै मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक सामग्री तथा उपाभोग्य वस्तु लिएर आएका सवारीसाधनको चाप व्यवस्थापनका लागि अब सहज हुने अपेक्षा राखिएको छ । 

विगत १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी व्यवसायीलाई हैरानी दिँदै आएको थियो । पुरानो र जीर्ण अवस्थामा रहेको पुल मर्मत गर्दा पनि समस्या समाधान नहुँदा बर्सेनि झन्झट बेहोर्नुपर्ने बाध्यता थियो । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतका सडक, राजमार्ग मन्त्री, अररियाका जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेट, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिस्नर, नेसनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गर्दै आएका थिए । 

Author

नवराज कट्टेल