प्रतितोला आठ सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
प्रदूषण शुल्क पन्ध्र अर्ब रुपियाँ सङ्कलन
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।आव २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । सो अवधिदेखि हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख ३६ हजार ९१८ रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
दुई दिन बिदा : पर्यटन व्यवसायी खुसी
सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन् ।
भुसा काट्ने मेसिनको प्रयोग बढ्दै
कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेसिन)को प्रयोग बढ्दै गएको छ । विगत वर्षमा कम्बाइन मेसिनले गहुँ र धान काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिने गरिन्थ्यो । त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो तर स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेका गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । स्ट्रारिपरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनुभयो ।
मूल्य नपाउँदा किसान चिन्तित
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् ।
शिक्षण छाडेर पशुपालन
रुपन्देहीको तिलोत्तमा गौतमप्रसाद चौधरी (थारू) कुनै समय शिक्षक हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनका महत्त्वपूर्ण १४ वर्ष तिलोत्तमा नगरपालिका–१३ मा रहेको नर्मदेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कखरा सिकाएरै बिताउनुभयो । अहिले उनै शिक्षकको परिचय बदलिएको छ । उहाँले सो पेसा छाडेर कृषिकर्ममा रमाउन थालेपछि शिक्षकको परिचय किसानमा बदलिएको छ ।
सुनको मूल्य तोलाको ९९ हजार
सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपियाँ तोकिएको छ ।
वैदेशिक लगानी वृद्धि
कारोना महामारी नियन्त्रण हुँदै गएपछि उद्योग स्थापनाका लागि वैदेशिक लगानी आउने क्रम बढेको छ । चालू आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)मा वैदेशिक लगानीका १५९ परियोजनालाई स्वीकृत गरिएको छ । यसका लागि ३३ अर्ब ४२ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता रकम अघिल्लो आर्थिक वर्षको पूरै अवधिको भन्दा बढी हो । आव २०७७/७८ मा ३२ अर्ब रुपियाँको लगानी प्रतिबद्धता
आज श्रमिक दिवस,सामाजिक सुरक्षा विस्तारमा जोड
आज मे १ तारिख, १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन् ।