कर्णाली नदीमा -याफ्टिङ
कालीकोट जिल्लाको पलाँता र पचालझरना गाउँपालिकामा -याफ्टिङ सञ्चालन भएको छ । र्यटन प्रवद्र्धनका लागि यी दुई गाउँपालिकाले कर्णाली नदीमा -याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेपछि -याफ्टिङ सुरु गरिएको हो । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचालझरना गाउँपालिकाको लाफा पडेक्षासम्म चार किलोमिटरमा -याफ्टिङ सञ्चालन गरिएको छ । एक कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादर शाही, रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र सान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्मर शाहीलगायतको टोलीले चार किलोमिटर -याफ्टिङ गरेको छ ।
राजस्व छल्नेविरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर बिजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका–१०, देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यती इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।
कृषि सामग्री वितरण
कृषि उत्पादन बढाउन रुकुम पश्चिमका किसानलाई कृषि सामग्री वितरण गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका २८ जना किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो । कृषि विकास कार्यालयको ताजा तरकारी ब्लक कार्यक्रमअन्तर्गत तीनवटा मिनी ट्रिलर, १५ थान प्लास्टिक टनेल, १५ वटा स्प्रे ट्याङ्की, १५ वटा हजारी वितरण गरिएको हो ।
हावाहुरीका कारण ठूलो क्षति
शुक्रबार राति आएको हावाहुरीले इनरुवा नगरपालिकासहित दक्षिणवर्ती क्षेत्रको केरा र मकै बालीमा क्षति पु--याएको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको डुम्राहा, मधेसा, चान्दबेला, बबिया र बलाहालगायतका बस्ती र गाउँमा केरा, तरकारी र मकै बाली नष्ट भएको
प्रतितोला आठ सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला आठ सयले घटेर ९८ हजार दुई सयले तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।
प्रदूषण शुल्क पन्ध्र अर्ब रुपियाँ सङ्कलन
पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपियाँ सङ्कलन भएको छ ।आव २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । सो अवधिदेखि हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख ३६ हजार ९१८ रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।
दुई दिन बिदा : पर्यटन व्यवसायी खुसी
सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सो निर्णयबाट पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायी सरकारको सो निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छन् ।
भुसा काट्ने मेसिनको प्रयोग बढ्दै
कपिलवस्तुमा स्ट्रारिपर (भुसा काटने मेसिन)को प्रयोग बढ्दै गएको छ । विगत वर्षमा कम्बाइन मेसिनले गहुँ र धान काटेपछि बाँकी रहेका ठुटालाई खेतमै छाडिने गरिन्थ्यो । त्यही ठुटालाई सफा गर्ने नाममा खेतमा आगो लगाउने गरिएको थियो तर स्ट्रारिपर मेसिनले खेतमा बाँकी रहेका गहुँ र धानको ठुटालाई भुस बनाई सङ्कलन गर्ने गरिएको छ । स्ट्रारिपरको प्रयोग गत वर्षदेखि कपिलवस्तुमा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्रनाथ चौबेले बताउनुभयो ।
मूल्य नपाउँदा किसान चिन्तित
सर्लाहीको कृषि उपज थोक बजार लालबन्दीमा किसानले उत्पादन गरेर ल्याएको बोडीले मूल्य पाउन छाडेको छ । केही दिनअघिसम्म थोरै मात्र आउने बोडी विगत एक सातादेखि भने बजारमा अत्यधिक भित्रिन थालेको हो । बोडी उत्पादनको मुख्ययाममा मूल्य भने नपाउँदा किसान निराश छन् ।