• ६ जेठ २०८१, आइतबार

बाँकेका गार्मेन्ट व्यवसायी पहिलो पटक संगठित

blog

संगठित भएका जिल्लाका गार्मेन्ट व्यवसायीहरु । तस्विर – सिराज खान । नेपालगञ्ज


सिराज खान 

नेपालगञ्ज, वैशाख १७ गते । बाँकेका गार्मेन्ट व्यवसायीहरु पहिलो पटक संगठित भएका छन् । जिल्लाभरी रहेका व्यवसायीहरुको भेलाले चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा गार्मेन्ट उद्योग सं, बाँके गठन गरेको छ ।

संघको उपाध्यक्षमा देबेन्द्र बहादुर धामी, सचिवमा पदम बहादुर विक, कोषाध्यक्ष मुजफिल इद्रिसी चयन हुनुभएको छ ।

सदस्यहरुमा भीमप्रसाद बराल, पदम बहादुर थापा, केशव राज खड्का, ओमकार थापा, शोविराम सुनार, लिलाराम न्यौपाने, विपिन घिमिरे, अम्मर बहादुर शाही र हेमराज आचार्य चयन हुनुभएको छ ।