आर्थिक वृद्धिदर ४० वर्षमा ४ प्रतिशतभन्दा माथि उठ्न सकेन : भट्टराई
। पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालको आर्थिक वृद्धिदर गत ४० वर्षमा ३–४ प्रशतिशभन्दा माथि उठ्न नसकेको बताउनुभयो ।
अर्थमन्त्रीले संविधान नपढी बजेट ल्याउँछन् : नेता खनाल
नेकपा (एकीकृत समाजवादी)का सांसद एवम् सम्मानित नेता झलनाथ खनालले मुलुकका कुनै पनि अर्थमन्त्रीले संविधानको भाग ४ नपढेको आरोप लगाउनुभएको छ ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ ।
श्रम स्वीकृति लिने पाँच लाख नाघे
चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच बढेको र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।
बजेट खर्चमा आएन सुधार
चालू आर्थिक वर्षको दस महिना पूरा हुँदासम्म बजेट खर्चमा खासै सुधार देखिएको छैन । चालू आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बजेट भने करिब ४५ प्रतिशत बाँकी छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्म कुल विनियोजनको ५५.६६ प्रतिशत मात्र बजेट खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा थोरै कम हो । गत आर्थिक वर्षको वैशाखको अन्त्यसम्मको बजेट खर्च ५६ प्रतिशत थियो ।
आत्मनिर्भर अर्थतन्त्र प्राथमिकतामा
आगामी आर्थिक वर्षको बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने भएको छ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसद्को दुवै सदनमा छुट्टाछुट्टै पेस गर्नुहुँदै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिनुभएको हो ।
मर्जरमा जाने कम्पनीलाई स्वीकृति
बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर) स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।
गौतमबुद्ध विमानस्थलमा रावा बैङ्क
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैङ्किङ कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमार्फत हुने भएको छ ।बैङ्कले सो विमानस्थलमा सम्पूर्ण बैङ्किङ कारोबार गर्न यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैङ्किङ सेवासुविधा प्रवाह गर्न बैङ्कले सोमबारदेखि पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
नेप्से परिसूचक उच्च अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ ।